सम्झौताको ४ महिना अगाबै राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पटवालको राजीनामा « Khabarhub

सम्झौताको ४ महिना अगाबै राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पटवालको राजीनामा


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । प्रशिक्षक पटवालले सोमबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) लाई पत्र लेख्दै राजीनामा दिएका हुन्।

बुधबारदेखि नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक शृङ्खला अगाडि पटवालले राजीनामा दिएका हुन् । गएको जेष्ठमा आईसीसीले नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी उनलाई सुम्पिएको थियो ।

नेपाल क्रिकेट संघ निलम्बनमा रहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा आईसीसीले उनलाई मासिक ७ हजार अमेरिकी डलर तलब दिने गरी मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

आईसिसीले प्रशिक्षक नियुक्त गरेका पटवालले विश्वकप लिग २ को खेल लगत्तै लागूहुने गरि राजीनामा दिएको जनाइएको छ । नेपाल क्रिकेट संघ क्यानका सचिव तथा प्रवक्ता असोकनाथ प्याकुरेलले प्रशिक्षक पटवालको राजीनामा बारे क्यानलाई जानकारी नभएको बताएका छन् ।

उनले भने ‘यस विषयमा हामीलाई कुनै जानकारी छैन् । यदि उहाँले राजीनामा नै दिनु भएको रहेछ भने पनि आईसिसीलाई दिनु भएको होला हामीलाई जानकारी छैन्,’ सचिव प्याकुरेलले खबरहबसँग भने ।

गएको जेष्ठमा नेपाली टोलीको प्रशिक्षक बनेका पटवाल १ बर्षका लागि नेपाल आएका थिए । तर, उनको सम्झौताको १ बर्ष पुरा हुन अझै ४ महिना बाँकी छ ।

नेपाली टोलीलाई अस्ट्रेलियामा हुने ट्वान्टी –२० विश्वकपसम्म पुर्याउने लक्ष्यसहित प्रशिक्षकमा नियुक्त भएका उनी आफ्नो लक्ष्यमा भने असफल रहे । नेपाली टोली विश्वकप छनोटको एसिया फाइनलमै नेपाल पराजित भएपछि नेपाली टोलीकाे विश्वकप यात्राबाट बाहिरिएको थियो । यस्तै, केही समय अगाडि नेपाली टोलीको कप्तानबाट एक दशक नेतृत्व गरेका पारस खड्काले राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ५ : ५६ बजे

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल

मनीष झाको प्रश्न- ‘यस्तो बचपनले राजकाज चल्छ ?’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मनीष

त्यो असारजस्तो किन छैन यो असार ?

ग्रीष्मको प्रचण्ड रापले डढेको माटोलाई शीतल जलकणले सिञ्चित गर्दै आउने

कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर– कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्रै जिल्लामा

बागलुङमा सिँचाइ सुविधा विस्तार

बागलुङ– बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना सम्पन्न