कोरोनाको महामारी नियन्त्रणमा भएका प्रयासप्रति चिनियाँ नेतृत्व नै असन्तुष्ट | Khabarhub Khabarhub

कोरोनाको महामारी नियन्त्रणमा भएका प्रयासप्रति चिनियाँ नेतृत्व नै असन्तुष्ट


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चीनको शीर्ष नेतृत्वले वुहानमा महामारीको रुपमा फैलिएको प्राणघातक कोरोना भाइरसको नियन्त्रणका लागि भएको प्रयासमा असन्तुष्टि जनाएको छ ।

प्रकोपसँग जुझ्ने क्रममा ‘सरकारी कमजोरी र अपूर्णता’  भएको चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्यहरुले बताएका छन ।

शक्तिशाली चिनियाँ कम्युनिष्ट पार्टीको ७ सदस्यीय स्थायी समितिले राष्ट्रिय आपतकालीन व्यवस्थापन प्रणालीको सुधार गर्नुपर्ने सुझाव समेत दिएको छ।

राष्ट्रपति सी जिनपिङ्ले अध्यक्षतामा बसेको बैठकले भाइरस उत्पती भएको भनिएको बन्यजन्तुको खोजि गरी त्यसलाई प्रयोगमा ल्याउनेलाई समेत कारबाहीको दायरमा ल्याउने तयारी गरिएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

गैरकानुनी वन्यजन्तुको क्षेत्रलाई गम्भीरतापूर्वक हेरिनुपर्नेमा चिनियाँ शीर्ष नेतृत्व एकमत देखिएको छ । चमेरोबाट कोरोनो भाइरस फैलिएको आशंका गरिरहँदा त्यसको पुष्टि भए त्यसको प्रयोगमा नै प्रतिबन्ध लगाउने सम्मको तयारी भएको छ ।

नयाँ कोरोनाभाइरस गैरकानुनी रूपमा व्यापार गरिने वन्यजन्तुमार्फत् वुहानको समुद्री खाद्य बजारबाट फैलिएको आशंका गरिएको छ। कोरोनाभाइरसको प्रकोप फैलिएसँगै चीनमा ३६१ जनाको मृत्यु भइसकेको छ भने १७ हजार भन्दा बढी मानिस संक्रमित भएका छन ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ८ : १९ बजे

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित