कोरोनाको महामारी नियन्त्रणमा भएका प्रयासप्रति चिनियाँ नेतृत्व नै असन्तुष्ट « Khabarhub

कोरोनाको महामारी नियन्त्रणमा भएका प्रयासप्रति चिनियाँ नेतृत्व नै असन्तुष्ट


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चीनको शीर्ष नेतृत्वले वुहानमा महामारीको रुपमा फैलिएको प्राणघातक कोरोना भाइरसको नियन्त्रणका लागि भएको प्रयासमा असन्तुष्टि जनाएको छ ।

प्रकोपसँग जुझ्ने क्रममा ‘सरकारी कमजोरी र अपूर्णता’  भएको चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्यहरुले बताएका छन ।

शक्तिशाली चिनियाँ कम्युनिष्ट पार्टीको ७ सदस्यीय स्थायी समितिले राष्ट्रिय आपतकालीन व्यवस्थापन प्रणालीको सुधार गर्नुपर्ने सुझाव समेत दिएको छ।

राष्ट्रपति सी जिनपिङ्ले अध्यक्षतामा बसेको बैठकले भाइरस उत्पती भएको भनिएको बन्यजन्तुको खोजि गरी त्यसलाई प्रयोगमा ल्याउनेलाई समेत कारबाहीको दायरमा ल्याउने तयारी गरिएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

गैरकानुनी वन्यजन्तुको क्षेत्रलाई गम्भीरतापूर्वक हेरिनुपर्नेमा चिनियाँ शीर्ष नेतृत्व एकमत देखिएको छ । चमेरोबाट कोरोनो भाइरस फैलिएको आशंका गरिरहँदा त्यसको पुष्टि भए त्यसको प्रयोगमा नै प्रतिबन्ध लगाउने सम्मको तयारी भएको छ ।

नयाँ कोरोनाभाइरस गैरकानुनी रूपमा व्यापार गरिने वन्यजन्तुमार्फत् वुहानको समुद्री खाद्य बजारबाट फैलिएको आशंका गरिएको छ। कोरोनाभाइरसको प्रकोप फैलिएसँगै चीनमा ३६१ जनाको मृत्यु भइसकेको छ भने १७ हजार भन्दा बढी मानिस संक्रमित भएका छन ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ८ : १९ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने