अछाममा वडाध्यक्ष मृत भेटिए « Khabarhub

अछाममा वडाध्यक्ष मृत भेटिए


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अछाममा एक वडाध्यक्ष मृत अवस्थामा भेटिएका छन् । अछामको पन्चदेवल नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी घर भन्दा करिब ५ मिटर पर मृत अवस्थामा भेटिएका हुन् ।

गाई भैंसी बाँध्ने गोठ भित्रै शव भेटिएको भन्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता इन्स्पेक्टर रमेश अवस्थीले शव प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

हत्या नै भएको हो वा कालगतिले मृत्यु भएको भन्ने विषयमा शव परीक्षण गरे पछि मात्रै भन्न सकिने अवस्था रहेको उनले बताए । स्थानीय र मृतक वडाध्यक्षका आफन्तले भने हत्या नै भएको हुन सक्ने दाबी गरेका छन् ।

मंगलबार बिहान आफन्तले घरमा नभेटेपछि वडाध्यक्ष धामीको खोजी गरेका थिए । खोजीका क्रममा उनको शव गोठमा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

धामी नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।


*यसअघि समाचारमा अन्य मिडियाको उद्दरण उल्लेख हुन गएकोमा क्षमाप्राथीसहित भुल सुधार गरिएको छ– सम्पादक

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ७ : ५५ बजे

भेनेजुएलाको भूकम्प अपडेट : ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

एजेन्सी– भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु

सुरक्षित पुनःस्थापनाको सुनिश्चितता माग्दै होल्डिङ सेन्टरका बासिन्दाको प्रदर्शन

काठमाडौं– सुरक्षित पुनःस्थापना, भू–स्वामित्वसहितको बास अधिकार र सम्मानजनक आवासको सुनिश्चितता

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका