लोपोन्मुख गिद्ध घाइते अवस्थामा फेला « Khabarhub

लोपोन्मुख गिद्ध घाइते अवस्थामा फेला


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– लोपोन्मुख गिद्ध मंगलबार बिहान सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकास्थित महेशबारीमा घाइते अवस्थामा फेला परेको छ ।

इलाका प्रहरी कार्यालय महेशबारीले घाइते अवस्थामा फेला पारेको सो गिद्ध डिभिजन वन कार्यालय लहान सिरहालाई बुझाइएको जनाएको छ ।

गम्भीर घाइते अवस्थामा भेटिएको गिद्धलाई डिभिजन वन कार्यालय सिरहामा राखिएको र औधषोपचार गरिने डिभिजनल वन अधिकृत सुभाषचन्द्र दासले जानकारी दिए ।

उक्त गिद्ध के कसरी घाइते भएको हो र कहाँबाट आएको हो भन्ने खुल्न नसके पनि बिजुलीको तारमा करेन्ट लागेर घाइते भएको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् ।

लोपोन्मुख गिद्ध धेरै दिनपश्चात् देखापरेपछि गिद्ध हेर्न वन कार्यालयमा घुइँचो नै लागेको प्रमुख दासले बताए ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १२ : ४५ बजे

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको

शंकरबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

धरान– यहाँको रामधुनी नगरपालिका–६स्थित शंकरबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय