निर्माण भएको ५ वर्ष पुग्दा पनि सञ्चालन आएन जुम्ला बसपार्क « Khabarhub

निर्माण भएको ५ वर्ष पुग्दा पनि सञ्चालन आएन जुम्ला बसपार्क


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– निर्माण भएको ५ वर्ष पूरा भए पनि जुम्लाको बसपार्क सञ्चालनमा नआउँदा यात्रुलाई सास्ती भएको छ । पटकपटक छलफल गर्दा पनि बसपार्क सञ्चालनको विषय टुङ्गो नलाग्दा यातायात व्यवसायी र सर्वसाधारण समस्यामा छन् ।

चन्दननाथ नगरपालिका, प्रशासन, ट्राफिक कार्यालयले यातायात व्यवसायीलाई बसपार्कबाटै सवारी छुटाउन आग्रह गरे पनि यातायात व्यवसायीले अटेरी गर्दा सञ्चालनमा नआएको ट्राफिक कार्यालय जुम्लाले जनाएको छ । नयाँ बसपार्क सञ्चालन नहुँदा मनपरी भाडा असुल्ने, बजारका कुनाकुनामा काउन्टर खोल्नेदेखि दुर्घटनाको जोखिम बढेको छ ।

नयाँ बसपार्क सञ्चालनमा नआएपछि चन्दननाथ नगरपालिकाले बोलपत्र आह्वान गर्‍यो । बोलपत्र मुगुको रारा छाँयानाथ यातायात प्रालिले पायो । बोलपत्र पाएको दुई महिनाभन्दा बढी भइसक्दा पनि रारा छाँयानाथ यातायात प्रालिले बसपार्क सञ्चालनमा ल्याउन सकेको छैन ।

बसपार्कमा पानी, बत्ती, टेलिफोन, बस्ने चौतारी निर्माण नभएसम्म सञ्चालन नगर्ने माग गरेको नगरपालिकाले जनाएको छ । आवश्यक पूर्वाधारका लागि माग आएको र सबै निर्माण गरेपछि सञ्चालनका लागि सम्झौता गरिने चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटाले बताए ।

कर्णाली यातायात प्रालिका अध्यक्ष मीनबहादुर थापा भने बसपार्क सञ्चालनको जिम्मा पाएको छाँयानाथ यातायात प्रालि, चन्दननाथ नगरपालिकाले बसपार्क सञ्चालनमा जानी जानी ढिला गरेको आरोप लगाउँछन् । खलङ्गा खानेपानी उपभोक्ता समितिका महासचिवसमेत रहेको थापाले बसपार्क सञ्चालन गरे एक पत्र दिनेबित्तिकै पाँच मिनेटमा पानी पुर्‍याइदिन्छु भन्दा पनि वास्ता नगरिएको बताउँछन् ।

यात्रुले सास्ती पाएका छन् दुर्घटना दिनदिनै भएको छ । अध्यक्ष थापाले थपे, यसबारे न त छाँयानाथ यातायात प्रालि गम्भीर छ, न त नगरपालिकाले चासो दिएको छ । केही समय बसपार्क सञ्चालनकै विवादमै समय गयो, बोलपत्र भएर पाएपछि अब बत्ती, टेलिफोन पानीका बहानामा बसपार्क सञ्चालन ढिलाइ भइरहेको उनले बताए ।

सुविधासम्पन्न बसपार्क सञ्चालनमा नआउनु नागरिक समाज, नगरपालिका र प्रशासनकै कमजोरी रहेको स्गानीय नर शाहीले बताए । यात्रुलाई सास्ती भएको ठगिएको कसैलाई मतलब छैन सरोकारवालाकै कमजोरीले बसपार्क सञ्चालनमा नआएको शाहीले बताए ।

नयाँ बसपार्क सञ्चालन नहुँदा सवारीसाधनहरुलाइृ बजार क्षेत्रमै पार्किङ गर्ने गरिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १२ : ५७ बजे

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं – पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको

बेलायतमा नेपाली विद्यार्थीका समस्या गम्भीर, तत्काल सुधारका उपाय अपनाउन आग्रह

काठमाडौं – बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या दिनप्रतिदिन गम्भीर

आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुखको मृत्यु

प्यूठान – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी

भाइरल च्याटबारे सुजन चापागाईंको स्पष्टीकरण : सामाजिक सञ्जालको दुरुपयोग भयो, छानबिन सुरु गरिसकेको छु

काठमाडौं – पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा आफूले विभिन्न महिला