निर्माण भएको ५ वर्ष पुग्दा पनि सञ्चालन आएन जुम्ला बसपार्क | Khabarhub Khabarhub

निर्माण भएको ५ वर्ष पुग्दा पनि सञ्चालन आएन जुम्ला बसपार्क


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– निर्माण भएको ५ वर्ष पूरा भए पनि जुम्लाको बसपार्क सञ्चालनमा नआउँदा यात्रुलाई सास्ती भएको छ । पटकपटक छलफल गर्दा पनि बसपार्क सञ्चालनको विषय टुङ्गो नलाग्दा यातायात व्यवसायी र सर्वसाधारण समस्यामा छन् ।

चन्दननाथ नगरपालिका, प्रशासन, ट्राफिक कार्यालयले यातायात व्यवसायीलाई बसपार्कबाटै सवारी छुटाउन आग्रह गरे पनि यातायात व्यवसायीले अटेरी गर्दा सञ्चालनमा नआएको ट्राफिक कार्यालय जुम्लाले जनाएको छ । नयाँ बसपार्क सञ्चालन नहुँदा मनपरी भाडा असुल्ने, बजारका कुनाकुनामा काउन्टर खोल्नेदेखि दुर्घटनाको जोखिम बढेको छ ।

नयाँ बसपार्क सञ्चालनमा नआएपछि चन्दननाथ नगरपालिकाले बोलपत्र आह्वान गर्‍यो । बोलपत्र मुगुको रारा छाँयानाथ यातायात प्रालिले पायो । बोलपत्र पाएको दुई महिनाभन्दा बढी भइसक्दा पनि रारा छाँयानाथ यातायात प्रालिले बसपार्क सञ्चालनमा ल्याउन सकेको छैन ।

बसपार्कमा पानी, बत्ती, टेलिफोन, बस्ने चौतारी निर्माण नभएसम्म सञ्चालन नगर्ने माग गरेको नगरपालिकाले जनाएको छ । आवश्यक पूर्वाधारका लागि माग आएको र सबै निर्माण गरेपछि सञ्चालनका लागि सम्झौता गरिने चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटाले बताए ।

कर्णाली यातायात प्रालिका अध्यक्ष मीनबहादुर थापा भने बसपार्क सञ्चालनको जिम्मा पाएको छाँयानाथ यातायात प्रालि, चन्दननाथ नगरपालिकाले बसपार्क सञ्चालनमा जानी जानी ढिला गरेको आरोप लगाउँछन् । खलङ्गा खानेपानी उपभोक्ता समितिका महासचिवसमेत रहेको थापाले बसपार्क सञ्चालन गरे एक पत्र दिनेबित्तिकै पाँच मिनेटमा पानी पुर्‍याइदिन्छु भन्दा पनि वास्ता नगरिएको बताउँछन् ।

यात्रुले सास्ती पाएका छन् दुर्घटना दिनदिनै भएको छ । अध्यक्ष थापाले थपे, यसबारे न त छाँयानाथ यातायात प्रालि गम्भीर छ, न त नगरपालिकाले चासो दिएको छ । केही समय बसपार्क सञ्चालनकै विवादमै समय गयो, बोलपत्र भएर पाएपछि अब बत्ती, टेलिफोन पानीका बहानामा बसपार्क सञ्चालन ढिलाइ भइरहेको उनले बताए ।

सुविधासम्पन्न बसपार्क सञ्चालनमा नआउनु नागरिक समाज, नगरपालिका र प्रशासनकै कमजोरी रहेको स्गानीय नर शाहीले बताए । यात्रुलाई सास्ती भएको ठगिएको कसैलाई मतलब छैन सरोकारवालाकै कमजोरीले बसपार्क सञ्चालनमा नआएको शाहीले बताए ।

नयाँ बसपार्क सञ्चालन नहुँदा सवारीसाधनहरुलाइृ बजार क्षेत्रमै पार्किङ गर्ने गरिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १२ : ५७ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको