आफैले जाँच गर्न सकिन्छ स्तन क्यान्सर « Khabarhub

आफैले जाँच गर्न सकिन्छ स्तन क्यान्सर


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिलाहरुमा हुने क्यान्सर मध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा रहेको छ । नेपालमा ३० देखि ५० वर्ष उमेरका महिलाहरुमा स्तन क्यान्सर बढी देखिएको चिकित्सकहरु बताउँछन् ।

स्तन क्यान्सर शुरुमै पत्ता लागेमा यसको उपचार सम्भव छ । स्तन क्यान्सर भए नभएको महिलाहरु आफैले घरमै पनि परिक्षण गर्न सक्छन् ।

स्तन क्यान्सर छ वा छैन भनेर कपडा फेर्दा वा नुहाउँदा सहजै थापा पाउन सकिन्छ । यस्तै ऐना अगाडि उभिएर वा ओछ्यानमा पल्टेर पनि यो जाँच गर्न सकिन्छ ।

स्तन क्यान्सर यसरी जाँच गर्नुस्

–ऐन अगाडि उभिएर आफ्नो दुबै स्तनलाई हेर्ने । दुबै स्तनको समानता, आकार, बनौट, मुन्टोको अवस्था, छालाको रंग र नरमपनाको फरकपन तथा स्तनको कुनै पनि भागमा रहेको गिर्खालाई ध्यान दिनुस् ।

– दुबै हातलाई माथि उठाएर काखीमा देखापरेको केही परिवर्तनलाई ऐना अगाडि उभिएर हेर्ने ।

– दुबै हातले कम्मरमा हल्का थिचेर ऐना अगाडि हेर्ने । यसो गर्नाले स्तनमा लुकेर बसेका केही परिवर्तन झन् प्रष्ट भएर आउन सक्छ ।

–देब्रे काखीको मुखी एउटा तकिया राख्ने र देब्रे हातलाई टाउको पछाडी राखेर सुत्ने । दाहिने हातको बीचमा तीनवटा औंलाको माथिल्लो एक तिहाई भागले देब्रे स्तनलाई छामेर जाँच गर्ने । यसरी छाम्ने क्रममा घडी घुम्ने तरिकाको उल्टो वा सुल्टो दिशामा क्रमबद्ध रुपमा स्तनको सबै भागको जाँच गर्ने ।

– दाहिने काखीको मुनी तकिया राखेर देब्रे हातले दाहिने स्तनको माथिकै प्रक्रिया अनुसार जाँच गर्ने । अन्तमा स्तनको मुन्टोलाई पालैपालो गरी बुढी औंला र चोर औलाको बीचमा राखेर निर्चोने । स्तनको मुन्टोबाट केी रगत वा फोहोर पदार्थ आँछ की आउँदैन त्यो हेर्ने ।

– स्तनको ५ भाग मध्ये प्रत्येक भागको क्रमबद्ध रुपमा छामेर जाँच गर्ने ।

– नुहाउँदा पनि सरलताका साथ स्तन क्यान्सर छ वा छैन पत्ता लगाउन सकिन्छ । यसका लागि साबुन लगाएको हातले भिजेको स्तनको जाँच गर्न सकिन्छ । देब्रे हातले दाहिने स्तन तथा दाहिने हातले देब्रे स्तनको क्रमबद्ध रुपमा जाँच गर्ने ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ११ : ४५ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर