झन्डै १ महिनापछि चितवनमा नयाँ एसपीको सरुवा « Khabarhub

झन्डै १ महिनापछि चितवनमा नयाँ एसपीको सरुवा


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगत १ महिनादेखि नेतृत्वविहीन रहेको जिल्ला प्रहरी कार्यालय चितवनका लागि प्रहरी प्रधान कार्यालयले नयाँ प्रहरी उपरीक्षक (एसपी) खटाएको छ ।

प्रहरी प्रधान कार्यालयले चितवन प्रहरी प्रमुखको रुपमा एसपी नान्तीराज गुरुङलाई पठाएको छ ।

यसअघि एसपी गंगा पन्तको चितवन सरुवा गरिएपनि उनले रमाना भने लिन पाएकी थिइनन् ।

चितवन प्रहरी प्रमुख रहेका एसपी दान बहादुर मल्लको महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय काठमाडौंमा सरुवा गरिएपछि चितवनमा नयाँ एसपी गएका थिएनन् ।

प्रहरी प्रधान कार्यालयले गत गत पुस ९ गते सरुवा गरेपनि मल्लले भने झन्डै २ हप्ता पछि मात्रै चितवन छाडेका थिए ।

चितवन सरुवा गरिएकी एसपी गंगा पन्त भने अब जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख भएर जाने भएकी छन् ।

पर्सा प्रहरी प्रमुख सोमेन्द्रसिंह राठौरलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहको प्रहरी प्रधान कार्यालयअन्तर्गत इन्टरपोल शाखामा सरुवा भएको प्रहरी प्रधान स्रोतले जानकारी दिएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय बारामा पनि नयाँ एसपी पठाइएको छ । प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण पंगेनीलाई बारा प्रहरी प्रमुखको रुपमा सरुवा गरेको छ । बाराका प्रहरी प्रमुख एसपी विकास खनालको ५ नम्बर प्रदेशको प्रदेश दंगा नियन्त्रण गण सुनवलमा सरुवा गरिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ४ : ५७ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै