थाहा पाउनुहोस आजको भीमा एकादशीमा ब्रत बस्दा हुने फाइदा « Khabarhub

थाहा पाउनुहोस आजको भीमा एकादशीमा ब्रत बस्दा हुने फाइदा


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

माघ शुक्ल पक्ष तिथिमा पर्ने एकादशीलाई भीमा एकादशी भनिन्छ । अन्य एकादशी झैं धार्मिक महत्व बोकेको भीमा एकादशीलाई पाप हरण गर्ने एकादशीका रुपमा मानिन्छ । यस एकादशीको ब्रतको प्रभावले मनुष्यले भोग र मोक्ष दुवै प्राप्त गर्ने शास्त्रमा उल्लेख छ ।

कलियुगमा भगवानको नाम जप्नु यज्ञ अनुष्ठान गरे बराबर हुने मान्यता छ । एकादशी तिथिलाई निकै महत्वका साथ हेरिन्छ । भीमा एकादशीको पनि सोहि अनुसार महत्व रहने गरेको छ ।

तसर्थ एकादशीमा भगवानको नाम लिनु, विशेषतः भगवान बिष्णुको नाम लिने तथा आराधना गर्ने महत्वपूर्ण दिन हो । अन्य एकादशीमा झै भीमा एकादशीमा पनि रात्रीमा जाग्राम बस्ने र बिष्णुको किर्तन गर्नु पर्दछ ।

धार्मिकशास्त्र अनुसार कुन्तीपुत्र अर्थात पाँच पाण्डव मध्येका एक भीमले यस व्रत गरेका थिए । भीमबाट व्रत बसेको हुनाले यस एकादशीको नाम पनि भीमा एकादशी रहन गएको पौराणिक कथा रहेको छ । भीमले गरेको एकादशी व्रतको प्रभावले उनका सवै पितृ ऋणहरुबाट मुक्त भएको गरुढ पुराणमा उल्लेख गरिएको छ ।

शास्त्र अनुसार कुमार्गमा हुने राजाले राज्य, कुपुत्र सन्तानका कारणले कुल, दुष्ट पत्निले पति, अधर्मले धर्म, अज्ञानताले ज्ञान, अशौचले शौच, अश्रद्घाले श्रद्धा, असत्यले सत्य, क्रोधले शान्ति नष्ट गर्दछ यस्तोमा भीमा एकादशीको ब्रतले यि सबैबाट मुक्ति दिलाउँछ । यसका साथै भीमा एकादशीको व्रतका प्रभावले मानिसका सवै पापहरु नष्ट भई सुमार्ग प्रदान गर्ने र समृद्घि प्राप्त गराउने धार्मिक विश्वास छ ।

भीमा एकादशीको ब्रतबाट ब्रम्ह हत्या, सुरापान, सुनको चोरी, गुरु पत्नि गमन जस्ता पापहरु समेत नास भएर जाने गर्दछ । भीमा एकादशीको व्रत गर्नेहरुलाई नैमिषक्षेत्र, कुरुक्षेत्र, प्रयासक्षेत्र, गङ्गा यमुना लगायतका तीर्थहरु पुगे बराबर धर्म प्राप्त हुन्छ ।

भीमा एकादशीको ब्रत, कुनै पनि दान, जप, होम तथा अन्य पुण्य कर्महरुभन्दा ठुलो मानिन्छ । यतिसम्म कि एउटा पृथ्वी दान गर्नुभन्दा पनि भीमा एकादशीको ब्रतको महात्मे ठुलो मानिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ५ : ४४ बजे

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज