बहुप्राविधिक शिक्षालय स्थापना हुँने « Khabarhub

बहुप्राविधिक शिक्षालय स्थापना हुँने


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुमपूर्वमा प्रदेशकै प्रतिष्ठित बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको छ।

भूमे गाउँपलिका–१ रुकुमको सिद्धचौर माध्यमिक विद्यालयमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको हो । शिक्षालय स्थापनाको लागि प्रारम्भिक अध्ययन भइसकेको छ ।

प्रारम्भिक अध्ययनको लागि प्रदेशसभा सदस्य तेजबहादुर ओलीसहित शिक्षा तथा सामाजिक निर्देशनालय प्रदेश नं– ५ का शिक्षा निर्देशक मनोजकुमार गैरे, निर्देशनालयका लेखा अधिकृत सुरजकुमार चँदारा लगायतको टोली आएर फर्किएको छ ।

शिक्षालय स्थापना गर्न सिद्धचौर माविले आफ्नो भोगाधिकारको २४ रोपनी जग्गा प्रदेश नं–५ को शिक्षा निर्देशनालयलाई उपलब्ध गराइसकेको छ ।

शिक्षालय स्थापना गर्न ३५ रोपनी जग्गा आवश्यक पर्छ । तत्कालको लागि २४ रोपनी जग्गा उपलब्ध गराएको र बाँकी ११ रोपनी जग्गाको खोजी भइरहेकाले छिट्टै उपलब्ध गराउने जनाइएको छ ।

यस आर्थिक वर्षमा प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को लागि एक करोड बजेट छुट्याएको प्रदेशसभा सदस्य ओलीले बताए ।

एक करोड बजेटले डिपिआर गर्ने र कामको थालनी गरिने उनले बताए । आगामी फागुनको दोस्रो साताबाट डिपिआरको काम शुरु गरिने पनि उनले बताए । आवश्यक बजेट क्रमागत रुपमा छुट्याउँदै जाने र अर्को वर्षबाट भवन निर्माण गर्न बोलपत्र आह्वानको प्रक्रियालाई अगाडि बढाउने बताइएको छ ।

भौतिक पूर्वाधार निर्माणको काम पश्चात बहुप्राविधिक शिक्षालयमा कस्ता पाठ्यक्रम राखेर पठनपाठन सञ्चालन गर्ने, कति विषयलाई समावेश गर्ने भन्ने विषयमा प्रदेश सरकारले छलफल गरिरहेको प्रदेश सरकारले बताएको छ ।

नयाँ बन्न लागेको बहुप्राविधिक शिक्षालयमा विद्यार्थीले छात्रावाससहितको सेवासुविधा पाउनेछन् । पढ्नको लागि प्रदेश राजधानी वा काठमाडौंलगायतका ठूला शहर धाउनुपर्ने बाध्यताको अन्त्य हुने जिल्लावासीले बताएका छन् ।

रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा र बागलुङलगायत आसपासका क्षेत्रलाई मध्यनजर गरेर रुकुमपूर्वमा शिक्षालय स्थापना गर्ने निर्णय भएको बताइएको छ । प्रदेश नं– ५ को एकमात्र हिमाली र दुर्गम भनेर चिनिने रुकुमपूर्वको उक्त क्षेत्रलाई मध्यपहाडी लोकमार्गले छोएको र शहीदमार्गको नजिकै पर्ने भएको हुनाले समग्र विकासको लागि सो ठाउँ छनोट गरिएको प्रदेशसभा सदस्य ओलीले बताए ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १० : ४० बजे

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको