चीनमा रहेका नेपालीको मार्मिक पत्र, नेपाल फर्कने समाचार होइन प्रधानमन्त्रीले बाजा बजाएको तस्वीर पायौं ! « Khabarhub

चीनमा रहेका नेपालीको मार्मिक पत्र, नेपाल फर्कने समाचार होइन प्रधानमन्त्रीले बाजा बजाएको तस्वीर पायौं !


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस प्रभावित क्षेत्र चीनको उहानमा उद्धारको पर्खामा रहेका नेपाली विद्यार्थीले तत्काल आफूहरुलाई स्वदेश फर्काउन भन्दै खुल्ला पत्र लेखेका छन् ।

चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा कोठाभित्र बसिरहेका नेपाली विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै आफूहरु स्वदेश फर्कने दिनको प्रतिक्षामा रहेका बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै चीनको उहानबाट लेखिएको सो पत्र पत्रकारसमेत रहेकी नेपाली विद्यार्थी प्रमिला देवकोटाले सामाजिक सञ्जाल ट्विटरमा राखेकी छिन् । कसैको नाम नराखि लेखिएको र सार्वजनिक गरिएको उक्त पत्रमा उनीहरुले विपदमा परेका नेपालीको उद्धार गर्नुको सट्टा प्रधानमन्त्रीले बाजा बजाइरहेको तस्वीर पाइएको भन्दै आलोचनासमेत गरेका छन् ।

‘तपाईहरुलाई हिजो राम्रो निन्द्रा पर्यो होला। हामी यहा चीनको हुवेइमा भएका विद्यार्थीहरु भने रातभर तपाई लगायतका नेताहरुले बजाइरको मुरली हेरेर आफैलाई चिथोरीरह्यो,’ विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेर लेखेको पत्रमा भनिएको छ, ‘हामीले अझै पनि घर फर्कने समयको केही खबर पाएनौ। हामी यहा हरेक मिनेट नेपालका समाचार हेरेर विताइरहेका छौ । हाम्रो घर फकने समाचारको आसमा। त्यो समाचार त पाएनौ तर तपाईहरुले बाजा बजाइरहको तस्वीर भने पायौ।’

उनीहरुले आफूहरु चीनमा कोठामाभित्र सुरक्षितसँग बसेको भन्दै छिटो उद्धार गर्न अपिल समेत गरेका छन् ।

 

चीनमा रहेका नेपाली विद्यार्थीले प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेर लेखेको पत्र । स्रोत : प्रमिला देवकोटाको ट्विटर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन लामो सयमदेखि तयारी गरिरहेको मात्र जानकारी दिएको छ ।

चीनबाट ल्याइने नेपालीबाट कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै सरकारले उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने जनाएको छ । तर स्वदेश ल्याइने विद्यार्थीलाई कहाँ राख्ने भनेर अझै टुंगो नलागेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहाल बताउँछन् ।

सिंहदरबारमा अहिले पनि चीनबाट स्वादेश ल्याइने विद्यार्थीलाई कहाँ राख्ने भन्ने विषयमा छलफल चलिरहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता दाहालको भनाइ छ ।

‘चीनबाट ल्याउने विद्यार्थीलाई दुईसाता क्वारेन्टाइनमा राख्ने भनिएपनि कहाँ राख्ने भनेर अझै टुंगो लागेको छैन,’ स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता दाहालले खबरहबसँग भने, ‘सिंहदरबारमा अहिले पनि त्यही विषयलाई टुंगो लगाउन सचिवस्तरीय बैठक चलिरहेको छ ।’

प्रवक्ता श्रेष्ठका अनुसार स्वदेश ल्याइने नेपालीलाई राख्ने स्थानको टुंगो लागेपछि मात्र चीनमा रहेका नेपालीको उद्धार कार्य शुरु हुनेछ । चीनको कोरोना भाइसर प्रभावित क्षेत्रमा रहेका १ सय ८० जना नेपालीले स्वदे फर्कन चीनस्थित नेपाली दुतावासमा निवेदन दिइ सकेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  २ : २९ बजे

अमेरिका-इरान सम्झौता घोषणपछि लेबनानका विस्थापितहरूको स्वदेश फिर्ती सुरु

एजेन्सी– अमेरिका र इरान बीच भएकोे सम्झौताको घोषणा पछि लेबनानबाट

इसेवा र आइएमएसको ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

काठमाडौं– इसेवा र आइएमएसले ग्राहकका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ अर्थात इन्टरप्राइज

व्यास नगरपालिकामा फोहर बिक्रीबाट २४ लाख आम्दानी

दमौली– यहाँको सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी आम्दानी

कर्णालीमा आगामी आवमा १२२ पुल निर्माण हुने

काँक्रेविहार– कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष २०८३-८४ मा भौतिक पूर्वाधार

रोजगारमन्त्री यादवले भने- स्वदेशमै रोजगारी सिर्जना गर्न जोड दिएका छौँ

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगारी प्रवर्द्धनलाई