राष्ट्रपति फर्किंने रेड कार्पेटमा सर्पले बाटो काट्नु अशुभ संकेत : ज्योतिष शास्त्री | Khabarhub Khabarhub

राष्ट्रपति फर्किंने रेड कार्पेटमा सर्पले बाटो काट्नु अशुभ संकेत : ज्योतिष शास्त्री


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी न्यूयोर्क भ्रमणबाट स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा उनको स्वागतका लागि ओछ्याइएको ‘रेड कार्पेट’मा एकाएक सर्प देखियो ।

उनको स्वागतका लागि उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु तथा उच्चपदस्थ अधिकारीको सहभागी रहेको बाक्लो भीडमै सर्प देखिएपछि यसलाई लिएर विभिन्न तर्कहरु गर्न थालिएका छन् ।

यस्तो भीडमा सर्प देखिनु सुरक्षाका दृष्टिले पनि संवेदनशील हो । त्यसमा पनि अति विशिष्टलाई स्वागत गर्ने स्थानमा सर्प कसरी आइपुग्यो भन्नेबारे चर्चा चलिरहेको छ ।

यसरी सर्प देखिनुलाई ज्योतिष शास्त्रीय दृष्टिकोणले त झन अशुभ मानिन्छ । ज्योतिषीहरु भन्छन्– ‘कुनैपनि शुभ कार्यमा न्याउरी मुसा, बिरालो, सर्पले बाटो काट्दा अशुभ हुन्छ । यो खतराको संकेत हो ।’

खबरहवसँग कुरा गर्दै ज्योतिषी प. ओजराज लोहनी ‘उपाध्याय’ले भने ‘राष्ट्रपति फर्किंदा सर्प देखिनु अत्यन्तै अशुभ र अस्वभाविक पनि हो, यसले राष्ट्रलाई नै खतराको संकेत गरेको छ ।’

‘ज्योतिष शास्त्र अनुसार सर्पले बाटो काटेमा त्यसभन्दा अगाडि नबढ्नु भन्ने हुन्छ, अर्थात केही पूजाविधि पूरा गरी मात्र अगाडि बढ्नुपर्छ ।’ खबरहबसँग कुरा गर्दै अर्का ज्योतिष ‘एष्ट्रो राज’ले भने,‘राष्ट्रपतिकै सवारीमा यसरी एकाएक सर्प देखिनु अशुभ पनि हो ।’

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ८ : १४ बजे

प्रतिनिधिसभामा आज अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन

गण्डकी प्रदेशको आम्दानी लुम्बिनीलाई, २३ लाखभन्दा बढी राजस्व घाटा

पोखरा– गण्डकी प्रदेश सरकारको आम्दानी लुम्बिनी प्रदेश सरकारले पाउँदै आएको

कुलेखानी-कलङ्की–हुमाने सडक आजदेखि १९ दिन बन्द

काठमाडौं– प्रहरी प्रधान कार्यालयले काठमाडौँ–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक आज

रुस-युक्रेन युद्धः ट्रम्प र पुटिनले मात्र शान्ति वार्तालाई ‘ब्रेकथ्रु’ गर्ने निष्कर्ष

टर्की – अमेरिकी विदेशमन्त्री मार्क रुबियोले युक्रेन शान्ति वार्तामा मुख्य

आजदेखि ‘सगरमाथा संवाद’: १७५ विदेशी पाहुना काठमाडौंमा

काठमाडौं – जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई