ओमानविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, ओमानको नवौं विकेट पतन « Khabarhub

ओमानविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, ओमानको नवौं विकेट पतन


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी क्रिकेट वल्र्ड कप लिग टूमा नेपालले ओमानको नवौं विकेट लिएको छ ।

टस हारेर त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको ओमानले ४७ औं ओभरमा दुई विकेट लिएको छ । दुबै विकेट करण केसीले लिएका छन । यो सँगै केसीले प्रतियोगितामा ४ विकेट लिएका छन ।

केसीले नशिम खुशी र कलिमुल्लाहको विकेट लिएका हुन ।  यसअघि  नेपालका लागि सातौं विकेट दिपेन्द्र सिंह ऐरीले लिए । उनले ४१ दशमलव ४ ओभरमा बादल सिंहलाई ५ रनमा आउट गरेका हुन । सिंह क्याच आउट भएका हुन ।

प्रतियोगितामा सुशन भारीले व्यक्तिगत तेस्रो तथा टिमका लागि छैठौ विकेट दिलाएका छन । भारीले ३८ दशमलव ४ ओभरमा ‍सन्दिप गौडलाई ३३ रनमा आउट गरे ।

यसअघि उनले १८ औं ओभरमा १ बलको फरकमा लगातार २ विकेट लिएका ।

नेपालका लागि करन केसीले सुरुवाती २ विकेट लिएका थिए भने तेस्रो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीले ओमानका आकिब इलियासलाई रन आउट गरे ।

यो समाचार तयार पार्दासम्म ओमानले ४९ ओभरमा ९ विकेट गुमाएर १ सय ७८  रन बनाएर खेलिरहेको छ ।

लगातार विकेट गुमाइरहेको ओमान अझ दबाबमा परेको छ । एक दिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलिरहेको हो ।

त्रिवि किकेट मैदानमा कीर्तिपुरमा ओमानसँग खेल्दै नेपालले २०२३ मा हुने विश्वकपको यात्रा शुरु गर्नेछ । यसअर्थमा आजको दिन नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १२ : ३७ बजे

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल

मनीष झाको प्रश्न- ‘यस्तो बचपनले राजकाज चल्छ ?’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मनीष

त्यो असारजस्तो किन छैन यो असार ?

ग्रीष्मको प्रचण्ड रापले डढेको माटोलाई शीतल जलकणले सिञ्चित गर्दै आउने

कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर– कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्रै जिल्लामा

बागलुङमा सिँचाइ सुविधा विस्तार

बागलुङ– बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना सम्पन्न