ओमानविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, जीतका लागि १ सय ९८ रनको मध्यम लक्ष्य « Khabarhub

ओमानविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, जीतका लागि १ सय ९८ रनको मध्यम लक्ष्य


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली बलरको धारिलो बलिङ सामु निरिह देखिएको ओमानले नेपाललाई ‍ १ सय ९८ रनको मध्यम विजयी लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ गरेको ओमान ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ९७  रनको मध्यम स्कोरमा समेटिएको हो ।

ओमानका लागि मोहमद नामिदले सर्बाधिक नटआउट ६९ रन बनाउँन बाहेक अरु ब्याट्स्मायनले खासै गतिलो प्रदर्शन गर्न सकेनन ।

ओमानका  ६ जना ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । ओमानका जतिन्दर सिंह ४,  खवार अली र बादल सिंह समान ५/५ रनमा आउट हुँदा सुरज कुमारले खाता नै खोल्न सकेनन् ।

कलिमुल्लाह १ रनमा आउँट हुँदा बिलल खान ८ रनमा नट आउट  रहे । ओमानका लागि सन्दिप गौडले ३३, नाशिम खुशी २८, कप्तान जीसन म्याक्सुडले २० रन तथा  आकिब इलियासले १६ रन बनाए ।

नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिदा सुशसन भारीले ३ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।

घरेलु दर्शकको साथले हौसिएको नेपाल ओमानसँग जीत हात पार्दै सन् २०२३ मा हुने विश्वकपको यात्राको प्रारम्भिक बिन्दु सुखद बनाउने सोचमा छ । यसअर्थमा आजको दिन नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १२ : ५० बजे

एशियन महिला छनोट : चीनमाथि नेपालको जित

काठमाडौं– नेपाली  महिला टोलीले एशियन गेम्स महिला छनोटअन्तर्गत चीनमाथि १९

अदालतमा गोला प्रक्रिया निरन्तर

काठमाडौं– सर्वोच्च अदालतले गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन प्रक्रियाबारे पुनर्विचार गर्ने सोच

ओली, लेखक र गुरुङलाई मानवअधिकार उल्लंघनको कारबाही गर्ने कानुन नै छैन

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा

पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस 

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले पूर्वसचिव तथा सोसल इन्फ्लुएन्सर भीम

आर्थिक सर्वेक्षण : शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

काठमाडौं– चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको कारोबार