ओमानविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, जीतका लागि १ सय ९८ रनको मध्यम लक्ष्य « Khabarhub

ओमानविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, जीतका लागि १ सय ९८ रनको मध्यम लक्ष्य


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली बलरको धारिलो बलिङ सामु निरिह देखिएको ओमानले नेपाललाई ‍ १ सय ९८ रनको मध्यम विजयी लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ गरेको ओमान ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ९७  रनको मध्यम स्कोरमा समेटिएको हो ।

ओमानका लागि मोहमद नामिदले सर्बाधिक नटआउट ६९ रन बनाउँन बाहेक अरु ब्याट्स्मायनले खासै गतिलो प्रदर्शन गर्न सकेनन ।

ओमानका  ६ जना ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । ओमानका जतिन्दर सिंह ४,  खवार अली र बादल सिंह समान ५/५ रनमा आउट हुँदा सुरज कुमारले खाता नै खोल्न सकेनन् ।

कलिमुल्लाह १ रनमा आउँट हुँदा बिलल खान ८ रनमा नट आउट  रहे । ओमानका लागि सन्दिप गौडले ३३, नाशिम खुशी २८, कप्तान जीसन म्याक्सुडले २० रन तथा  आकिब इलियासले १६ रन बनाए ।

नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिदा सुशसन भारीले ३ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।

घरेलु दर्शकको साथले हौसिएको नेपाल ओमानसँग जीत हात पार्दै सन् २०२३ मा हुने विश्वकपको यात्राको प्रारम्भिक बिन्दु सुखद बनाउने सोचमा छ । यसअर्थमा आजको दिन नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १२ : ५० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब