‘महँगीले जनताको चुल्हो निभिसक्दा सरकार मुकदर्शक बन्यो’ « Khabarhub

‘महँगीले जनताको चुल्हो निभिसक्दा सरकार मुकदर्शक बन्यो’


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विपद्को आडमा अत्यधिक महँगी र कालोबजारी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद केसीले रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि महँगी, कालोबजारी र ग्यास अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

कानुनतः २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने नियम कागजमै सीमित भएको र अनुगमनकारी निकाय मूकदर्शक बनेको उनले आरोप लगाएका छन्।

राष्ट्रिय शोक र विपद्को बेला जनताको चुल्हो बलेको सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भए पनि सरकार मौन बसेको उनले बताए ।

उनले बजारमा युद्धस्तरमा अनुगमन गरी कालोबजारी गर्नेलाई कडा कारबाही र आपूर्ति सहज नबनाए जनता सडकमा उत्रिन बाध्य हुने चेतावनी पनि दिएका छन्।

यसका साथै उनले रसुवा बाढीपछि सडक सञ्जाल अवरुद्ध हुँदा बाढी प्रभावित थप समस्यामा परेको भन्दै सडक सञ्जाललाई सूचारू गराउनेतर्फ ध्यान दिनसमेत आग्रह गरेका छन्।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  १ : ३७ बजे

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२

रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र कायम रहने

काठमाडौं – रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने

रवि-बालेनलाई मुछेको ‘द ग्रे जोन’को रिपोर्टबारे जवाफ दिनै मानेनन् अर्थमन्त्रीले

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा

एजेन्सी– चीनले बुधबार समुद्रबाट आफ्नो ‘ग्राभिटी–१’ वाई-३ वाहक रकेट सफलतापूर्वक