‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ का विजेता भए दिवस « Khabarhub

‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ का विजेता भए दिवस


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘सेल्फी किङ’ टिमले नेपालको लोकप्रिय एप हाम्रो पात्रोसँगको सहकार्यमा ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ को घोषणा गरेको थियो । गत माघ ५ गते घोषणा गरिएको उक्त प्रतियोगितामा सहभागिता जनाएका प्रतियोगी दिवस पौडेल विजेता घोषित भएका छन् ।

२० दिनसम्म सञ्चालित उक्त प्रतियोगितामा दिवस विजेता बनेका हुन् । उनले खिचेको सेल्फीले निर्माण पक्षको मन जित्न सफल भएको छ । ‘हामीले पुरस्कार नै अभिनय सिकाउने राखेका छौं र उहाँको तस्वीर हेर्दा अभिनयमा इच्छुक देखिनु भएको छ,’ अभिनेता विपिन कार्कीले भने ।

ह्युमर र कमेडी हाउभाउमा खिचिएको सेल्फीमा आफ्नो तस्विर खिचेर इच्छुक सहभागीहरुले हाम्रो कम्युनिटी मार्फत आफ्नो सेल्फी पोष्ट गर्न सक्ने व्यवस्था गरिएको थियो ।

‘सेल्फी किङ’ मा विपिन कार्कीले शीर्ष भूमिका निभाएका छन् । यो फिल्म आउँदो शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ ।

टेलिभिजनमा कार्यरत एक प्रसिद्ध हास्यकलाकारको भूमिकामा देखिएका विपिन यो फिल्मप्रति उत्तिकै आशावादी भएको बताउँछन् ।

फिल्ममा ‘सेल्फी किङ’ को उपनामले परिचित हास्यकलाकार एउटा कार्यक्रममा पुगेर फर्किदाको अवस्थालाई कथानक बनाइएको छ ।

सेल्फी किङ प्रतियोगितामा सहभागी भएर अन्य १० जना प्रतियोगीले १० वटा पास जितेका छन् । विजेता दिवसले भने रंगकर्मी अनुप बरालको एक्टर्स स्टुडियोमा ३ महिनाको अभिनय तालिम लिने अवसर पाउनेछन् ।

दिवसले आफू विजेता बनेको खुशी व्यक्त गरेका छन् । ‘मेरो अभिनय सिक्ने सपना पूरा भएको छ,’ दिवसले भने । उनी इटहरीमा बस्दै आएका थिए । अब अभिनय सिक्ने राजधानी आउने दिवसले बताए ।

विशाल सापकोटाले निर्देशन गरेको फिल्म ‘सेल्फी किङ’ मा दिनेश राउत र सुवास थापाको लगानी छ ।

यसअघि दिनेश र सुवासबीच फिल्म ‘प्रसाद’ मा एकसाथ काम गरेका थिए । फिल्ममा विपिनका अलावा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय छ ।

फिल्मको राम्रो चर्चा भइरहेको छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १ : ५३ बजे

आज पनि देशमा नागरिकहरूसँग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्व गृहमन्त्री अर्याल

काठमाडौं– पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले अहिले पनि देशमा नागरिकसँग सहकार्य

प्रधानमन्त्रीलाई कांग्रेस प्रश्न– मेयर हुँदा लेखेको स्टाटस आज सम्झिनुभएको छ कि बिर्सिनुभयो ?

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले राज्य आतङ्कका कारण

सरकारविरुद्ध सडकमा उत्रिए युवा, वीर हस्पिटलतर्फ जाँदै गर्दा भद्रकालीमा रोकियो

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघरमा प्रदर्शन भएको

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२-०८३ को एक

कठोर सरकारबाट आशा नदेख्दा इन्द्रबहादुर र गणेशहरूले त्यागे जीवन

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले एक सय दिन पूरा