व्यवसायिक घरानाका कान्छो पुस्ता : नयाँ प्रयोग, विदेशको पढाई र सिकाइ सदुपयोग नेपालमा « Khabarhub

व्यवसायिक घरानाका कान्छो पुस्ता : नयाँ प्रयोग, विदेशको पढाई र सिकाइ सदुपयोग नेपालमा


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–वैद्य, गोल्छा, गोल्यान, काबरा, जैन नेपालमा वर्षौदेखि स्थापित व्यवसायिक घराना हुन । यी घरानाका पछिल्लो पुस्ता पनि व्यवसायमै रमाउँदैछन् । उच्च शिक्षा लिन विदेश पुगेकासमेत अध्ययन सकेर स्वदेशमै केही गर्ने जोश र आत्मविश्वासका साथ फर्किएका छन् । अनि विदेशमा सिकेका सैद्दान्तिक र व्यवहारिक ज्ञान स्वदेशमा सदुपयोग गर्ने योजनामा रहेको नयाँ पत्रिकामा खबर छ । नयाँ पुस्ताले नयाँ प्रयोग गर्न खोजेको, विदेशको पढाई र सिकाई स्वदेशमा सदुपयोग गर्न खोजेको, केहीले पारिवारिक व्यवसायलाई बढावा दिँदै गरेको र केहीले नयाँ चुनौती मोलेको अवस्था देखिएको छ।

०७६ सालमा राष्ट्रिय बिदा १५ दिन मात्रै शीर्षकको समाचारमा ०७६ मा शनिबारबाहेक १५ दिन मात्रै राष्ट्रिय बिदा हुने भएको छ। सार्वजनिक बिदासम्बन्धी निर्णय शुक्रबार राजपत्रमा प्रकाशित भएको छ।

०७४ सम्म दिएको १३ दिन सार्वजनिक बिदा सरकारले ०७५ मा कटौती गरेको थियो। तर, विभिन्न जाति, समुदायले सार्वजनिक बिदा कटौतीको विरोध गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका थिए। सरकारले सुझाबका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा सार्वजनिक बिदा पुनरावलोकन कार्यदल नै गठन गरेको थियो। तर, कार्यदलको सिफारिससमेत अस्वीकार गर्दै सरकारले अघिल्लो वर्षको बिदा कटौती कायम गरेको छ। कार्यदलले १२ वटा बिदा थप्न गत पुसमा सिफारिस गरेको थियो।

कार्यदलले किराँत चाड उँभौली (बुद्ध पूर्णिमा ) र उँधौली, इद उल फित्र, बकर इद, मोहम्मद जयन्ती, क्रिसमस, तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्बो ल्होसार, छठ, ऋषिपञ्चमी (महिलालाई मात्रै), माघीपर्व र जनैपूर्णिमामा बिदा दिनुपर्ने सिफारिस गरेको थियो। ‘तर, मन्त्रिपरिषद्को बैठकले सो सिफारिस कार्यान्वयन नगर्ने र बिदा कटौतीलाई कायमै राख्ने निर्णय गरेको छ,’ गृहका एक उच्च अधिकारीले भने।

विशेष महाधिवेशनका लागि कांग्रेसमा हस्ताक्षर अभियान शीर्षकको समाचारमा महासमितिको निर्णय केन्द्रीय समितिले उल्टाएकोमा आपत्ति जनाउँदै कांग्रेसका जिल्ला सभापतिहरूले विशेष महाधिवेशन बोलाउन ७७ वटै जिल्लामा हस्ताक्षर अभियान चलाउने भएका छन्। महासमिति बैठक समापनमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले केन्द्रीय नेता पनि महाधिवेशन प्रतिनिधि बन्न तलबाटै जितेर आउनुपर्ने, आरक्षण र समानुपातिक कोटामा एकपटक मात्रै अवसर दिने विषयमा प्रतिबद्धता जनाए पनि केन्द्रीय समितिबाट बहुमतले विधान पारित गर्दा यो विषय हटाएकोप्रति कांग्रेसका जिल्ला सभापतिहरूले आपत्ति जनाएका हुन्।

शुक्रबार अनामनगरमा बसेको नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षीय कांग्रेसका २६ जिल्ला सभापतिहरूको गोप्य भेलाले विशेष महाधिवेशन बोलाउन आवश्यक पर्ने ४० प्रतिशत महाधिवेशन प्रतिनिधि पुर्‍याउन सबै जिल्लामा हस्ताक्षर अभियान चलाउने निर्णय गरेको हो।

कर्णाली सम्झाउने भोटखोला शीर्षकको समाचारमा संखुवासभाको उत्तरी सिमाना किमाथांका नाका चीनको तिब्बतसँग जोडिएको छ। नेपाल र चीनलाई सिमानामा रहेको कामु खोलाको मितेरी पुलले मात्रै छुट्याएको छ। संखुवासभाको भोटखोला क्षेत्र मुलुकको विकट कर्णालीजस्तै मानिन्छ। पूर्वाधार विकास केही पनि छैन। भोटखोलाको किमाथांका सामान्य गाउँघरजस्तो छ भने पारिपट्टि तिब्बतको देङदाङ, रियु र चाँगा बजार चौबिसै घन्टा झिलिमिली हुन्छ।

मुलुक संघीय संरचनामा गएपछि स्थानीय, प्रदेश र संघ गरी तीनै तहको सरकार छन्। अहिलेसम्म आफ्नो क्षेत्रको विकासका लागि कुनै योजना नआए पनि नयाँ सरकारप्रति भोटखोलावासी अझै आशावादी बनेका छन्। उनीहरूले तीनै तहको सरकारबाट आफ्नो क्षेत्रको विकास हुने आशा राखेका छन्।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ६ : ५२ बजे

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश