ललिता निवास जग्गा प्रकरणमा मुछिएका व्यक्तिविरुद्ध १ लाख देखि ५२ करोड बढीको भ्रष्टाचार मुद्दा (सूचीसहित) « Khabarhub

ललिता निवास जग्गा प्रकरणमा मुछिएका व्यक्तिविरुद्ध १ लाख देखि ५२ करोड बढीको भ्रष्टाचार मुद्दा (सूचीसहित)


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्रीको सरकारी निवास भएको बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएकाविरुद्ध १ लाखदेखि ५२ करोड बढीको बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले एक सय दश जनाव्यक्ति विरुद्ध बिगो दाबी गर्दै विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । अन्य ६५ जना विरुद्ध जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने भूमाफिया शोभाकान्त ढकालले ३९ करोड र राम सुवेदीले ५२ करोड भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरूङले पनि ढकालले जति नै ३९ करोड २७ लाख ६८ हजार भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।

तत्कालीन उपसचिव हुपेन्द्रमणि केसीले ३० करोड ३९ लाख ९६ हजार बराबरको भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

त्यस्तै पूर्वमन्त्री विजयगच्छदार, छविराज पन्त, डम्बर श्रेष्ठ, अख्तियारका पूर्वप्रमुख दिपबस्न्यात र जिल्ला न्यायाधीश विनोद गौतमले ९ करोड ६५ लाख ७६ हजार भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको छ ।

न्यायाधीश गौतम उपसचिव हुँदा बालुवाटार जग्गा व्यक्तिको नाममा पुर्‍याउने गरी निर्णय गरेको आरोप अख्तियारको छ।

त्यस्तै पूर्वमन्त्री चन्द्रदेव जोशी र पूर्वसचिव दिनेशहरि अधिकारीले ७ करोड ८ लाख ४८ हजार भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको छ।

विगो बमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग गरिएको छ। सार्वजनिक पदमा बसेर भ्रष्टाचार गरेकाले उनीहरूलाई थप डेढ वर्ष कैद गर्न पनि अख्तियारले माग गरेको छ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ७ : ३२ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने