भरतपुर विमानस्थलमा स्वास्थ्य कक्ष | Khabarhub Khabarhub

भरतपुर विमानस्थलमा स्वास्थ्य कक्ष


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नोबल कोरोना भाइरसबाट बच्न भरतपुर विमानस्थलमा आजदेखि स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको संयोजनमा कक्ष सञ्चालनमा ल्याइएको हो ।

नागरिक उड्डययन प्राधिकरण भरतपुरले मङ्गलबार महानगरपालिकालाई पत्रचार गरी स्वास्थ्य कक्ष सञ्चालन गरिदिन अनुरोध गरेको थियो । प्राधिकरण, महानगरपालिका र स्वास्थ्य कार्यालय चितवनको सहकार्यमा सो कक्ष स्थापना गरिएको हो ।
महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाका सहसंयोजक सूर्य तिवारीका अनुसार एक चिकित्सक, एक प्यारामेडिक्स र एक नर्सिङ स्टाफ कक्षमा छन् । उनीहरुले जहाजबाट झरेका यात्रुको अबस्था बुझेर शङ्कास्पद देखिएमा तत्काल अस्पताल पठाउने छन् ।

चीन र चीन ‘ट्रान्जिट’ भएर विदेशबाट आएका यात्रु र रुघाखोकी लागेका यात्रुको स्वास्थ्य परीक्षण गरिनेछ । ती बिरामीमा कोरोना भाइरसको लक्षण देखिएमा भरतपुर अस्पतालमा रहेको ‘आइसोलेसन’ कक्षमा पठाइने व्यवस्था मिलाइनेछ ।

नागरिक उड्डययन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले चितवन पर्यटकीय जिल्लासमेत भएकाले विदेशी र स्वदेशी यात्रु धेरै आउने भएकाले जोखिम हुनसक्ने भन्दै बेलैमा सजग भएर स्वास्थ्य कक्ष स्थापना गरिएको बताए ।

भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरा दैनिक ११ वटा उडान हुँदै आएका छन् । ती जहाजबाट दैनिक ८०० हाराहारी यात्रु आवतजावत गर्दछन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ८ : ०५ बजे

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना