जलाएर मारिएका व्यक्ति भारतीय भएको खुलासा « Khabarhub

जलाएर मारिएका व्यक्ति भारतीय भएको खुलासा


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- परालको कुन्यूमा जलाएर हत्या गरिएको भनिएका व्यक्ति भारतीय नागरिक सुभान शेख भएको खुलेको छ । बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय शेख भारतीय हुन् ।

शेखकी श्रीमती सुष्माले जलेका व्यक्तिको औंठी, चप्पल, स्वीटर र औंलाका आधारमा आफ्ना श्रीमान् भएको भन्दै सनाखत गरेसँगै जलाएर मारिएका व्यक्ति सुभान नै भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

नचिनिने अवस्थामा शव फेला परेपछि शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले शव परीक्षणमा पठाएको थियो । शव पहिचानका लागि उनकी श्रीमती सुषमासहित सासू र ससुरालाई मङ्गलबार नै इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई प्रहरीले आज तारेखमा छाडेको छ ।

प्रहरीले शवको मुचुल्का उठाउन सङ्घीय एकाई प्रहरी कार्यालय धरानबाट तालीमप्राप्त कुकुर झिकाएर घटनास्थलको अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । स्थानीय एनकुमारको खेतमा राखिएको परालमा सोमबार राति १२ बजेदेखि आगो लागेको थियो । सोही ठाउँमा जलेको अवस्थामा शव भेटिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

मजदूरी पेशा गर्दै आएका सुभान ससुरालीमा बसेका थिए । केही महिना अघि सुभान र सासू रहानाबीच घरायासी विवाद भएपछि उनी ससुराली छाडेर एक्लै डेरामा बस्दै आएका थिए । उनका एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १० : ४५ बजे

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद

नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक,