जलाएर मारिएका व्यक्ति भारतीय भएको खुलासा | Khabarhub Khabarhub

जलाएर मारिएका व्यक्ति भारतीय भएको खुलासा


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- परालको कुन्यूमा जलाएर हत्या गरिएको भनिएका व्यक्ति भारतीय नागरिक सुभान शेख भएको खुलेको छ । बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय शेख भारतीय हुन् ।

शेखकी श्रीमती सुष्माले जलेका व्यक्तिको औंठी, चप्पल, स्वीटर र औंलाका आधारमा आफ्ना श्रीमान् भएको भन्दै सनाखत गरेसँगै जलाएर मारिएका व्यक्ति सुभान नै भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

नचिनिने अवस्थामा शव फेला परेपछि शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले शव परीक्षणमा पठाएको थियो । शव पहिचानका लागि उनकी श्रीमती सुषमासहित सासू र ससुरालाई मङ्गलबार नै इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई प्रहरीले आज तारेखमा छाडेको छ ।

प्रहरीले शवको मुचुल्का उठाउन सङ्घीय एकाई प्रहरी कार्यालय धरानबाट तालीमप्राप्त कुकुर झिकाएर घटनास्थलको अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । स्थानीय एनकुमारको खेतमा राखिएको परालमा सोमबार राति १२ बजेदेखि आगो लागेको थियो । सोही ठाउँमा जलेको अवस्थामा शव भेटिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

मजदूरी पेशा गर्दै आएका सुभान ससुरालीमा बसेका थिए । केही महिना अघि सुभान र सासू रहानाबीच घरायासी विवाद भएपछि उनी ससुराली छाडेर एक्लै डेरामा बस्दै आएका थिए । उनका एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १० : ४५ बजे

ग्वार्को ‘ओभरपास’मा मसान्तभित्र गाडी गुडाउने तयारी (तस्बिरहरू) 

काठमाडौं– ललितपुरको ग्वार्कोमा बनिरहेको ओभरपासमा यही जेठ मसान्तभित्र सवारीसाधन गुडाउन

काठमाडौं महानगरमा सत्ता सङ्घर्ष : कानून छ, कार्यपालिका छैन !

काठमाडौं – स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७

विकासका काममा सबैको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार विकास, जनताको जीवनस्तर

लिची धेरै नखानुहोस्, नत्र निम्तिन सक्छ स्वास्थ्य समस्या

काठमाडौं– ग्रीष्मकालीन फल लिचीको स्वाद निकै मिठो हुन्छ । त्यसैले सबै

शौचालयमा लडेर एक भारतीय पर्यटकको मृत्यु

भरतपुर– मनकामना दर्शन गर्न आएका एकजना भारतीय पर्यटकको शौचालयमा लडेर