बानेश्वरमा मृत भेटिएका नेकपा नेता गिरीको निस्पक्ष छानविनको माग « Khabarhub

बानेश्वरमा मृत भेटिएका नेकपा नेता गिरीको निस्पक्ष छानविनको माग


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बानेश्वरमा मृत अवस्थामा भेटिएकानेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिदेव गिरीको हत्या भएको भन्दै उनका पिताले निस्पक्ष छानविनको माग गरेका छन् ।

मृतक गिरीका ७४ वर्षीय पिता शिवशंकर गिरीले रेष्टुरेष्टमा कुटपिट गरी छोराको हत्या भएको भन्दै निष्पक्ष छानविन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन् ।

उनले महानगरीय प्रहरी वृत्त बानेश्वरमा ज्यान मुद्धासम्बन्धी जाहेरी दिइ घटनाको निष्पक्ष छानविन गरी हत्यामा संलग्नलाई कारबाही गर्न माग समेत गरेका छन् ।

महानगरीय प्रहरी बृत्त वानेश्वरका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले घटनाको अनुसन्धान शुरु गरेको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन रुपमा भन्न सकिने बताएका छन् ।

नेपाल दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष समेत रहेका गिरी मंगलबार राति काठमाण्डौको बानेश्वर, आलोकनगरमा रहेको डि चिफ एण्ड किचन रेष्टुरेष्टमा मृत अवस्थामा भेटिएका थिए ।

उनी नेपाल कम्युनिष्ट पार्टी काभ्रेका नेता एवं प्याब्सन भक्तपुरका सल्लाहकारसमेत रहेका थिए ।

५१ वर्षीय गिरीको शरीरका विभिन्न अंग र छातीमा निलडाम रहेको, नाक, माथिल्लो ओठमा गहिरो चोट लागेको अवस्थामा अवस्थामा मृत भेटिएका थिए ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ११ : ०८ बजे

‘आबाट आमा’को सिक्वेलको वैशाखमा सुटिङ, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

काठमाडौं – चैत १९ देखि २३ सम्म हुन लागेको नवौं

नेप्से परिसूचक २३ अंकले बढ्यो

काठमाडौं– यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज

वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान

वीरगञ्ज– पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनका लागि