गच्छदारलाई फसाएको कांग्रेसको निश्कर्ष, डटेर सामना गर्ने « Khabarhub

गच्छदारलाई फसाएको कांग्रेसको निश्कर्ष, डटेर सामना गर्ने


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेपछि आज कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

सत्ता र शक्तिको आडमा सरकारले जथाभावी बल प्रयोग गरेको भन्दै कांग्रेसले आफ्ना नेता गच्छदारविरुद्धको मुद्धाका विषयमा आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो ।

कांगेस केन्द्रीय कार्यालय सानेपामा अपरान्ह ४ बजे पत्रकार सम्मेलन गर्दै कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्न लागेको कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले खबरहबलाई जानकारी दिए ।

‘ उपसभापति गच्छादारमाथिको मुद्दा प्रतिशोध पूर्ण र कांग्रेसमाथिको सुनियोजित आक्रमण भएको निष्कर्ष बैठकले निकालेको छ’ नेता कार्कीले भने,‘राजनीतिक प्रतिशोध भएका कारण देशव्यापी रुपमा युवा विद्यार्थीलाई यसविरुद्ध डटेर लाग्न आह्वान गर्ने निर्णय भएको छ ।’

आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले सरकारले बदनियतपूर्ण र प्रतिशोध लिने सोचका साथ यो अभियान चालेको निष्कर्ष निकाल्दै सशक्त प्रतिकार गर्ने कांग्रेसले जनाएको छ ।

सरकारको रवैयाविरुद्ध सशक्त प्रतिकार गर्ने दाबी गर्दै आएको कांग्रेसले आफ्ना भ्रातृ संगठनलाई परिचालन गरी विरोध गर्ने निर्णय गरेको छ । त्यसका लागि आजै दिउँसो ३ बजे युवा विद्यार्थीसहित भ्रातृ संगठनको बैठक बसेर आवश्यक निर्णय लिइने कांग्रेसले जनाएको छ ।

युवा विद्यार्थीसहित भ्रातृ संगठनको बैठकको बैठकपछि पार्टीले पत्रकारसम्मेलनमार्फत आफ्नो धारणा र आगामी कार्यक्रम सार्वजनिक गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  १ : २८ बजे

पर्चा–पम्प्लेटले अस्तव्यस्त एमाले अधिवेशनस्थल भृकुटीमण्डप (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ

उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं– पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका

भरतपुरस्थित क्यान्सर अस्पताललाई चीनबाट सवारीसाधन सहयोग

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा

आईपीएल अक्सन : क्यामरुन ग्रीनले बनाए महंगो खेलाडीको कीर्तिमान, कुन खेलाडी कतिमा बिके ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा अष्ट्रेलियाका