आजका समाचार : प्रस्तावित चार न्यायाधीश अनुमोदित, डा. केसीले तोडे अनशन, सरकारप्रति प्रचण्डको आक्रोश, एनपीएल जारी र इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी « Khabarhub

आजका समाचार : प्रस्तावित चार न्यायाधीश अनुमोदित, डा. केसीले तोडे अनशन, सरकारप्रति प्रचण्डको आक्रोश, एनपीएल जारी र इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी


२१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संसदीय समितिद्वारा सर्वोच्चको न्यायाधीशमा प्रस्तावित सबै चार जनाको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार जनाको नाम अनुमोदन गरेको छ ।

सिंहदरबारमा बसेको समितिको बैठकले डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो ।

बागचन्दबाहेक अन्य तीन जना उच्च अदालतका मुख्य न्यायाधीश हुन् । उनीहरूको शुक्रबार र शनिबार संसदीय सुनुवाइ गरिएको थियो ।

न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

न्यायालयमा भ्रष्टाचार र बिचौलियाको प्रभाव चिन्ताजनक : प्रस्तावित न्यायाधीश डाँगी

सर्वोच्चका प्रस्तावित न्यायाधीश पाण्डेको सुनुवाइ सकियो

सिड्नीमा नेपाली समुदायसँग तिहार मनाए प्रधानमन्त्री अल्बानिजले

त्रिविले तल्ला निकायलाई अधिकार प्रत्यायोजन प्रक्रिया अघि बढायो

कोप–३१ मा नेपालको नेतृत्व गर्दै परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

काठमाडौंले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको एक मात्र खेलमा अहिले लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा कााठमाडौंले लुम्बिनीसामु १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६० रन बनायो ।

काठमाडौंका लागि डेभिड वार्नरले सर्वाधिक ६६ रन बनाए । ५० बलको सामना गरेका उनले ९ चौका र १ छक्का प्रहार गरे ।

त्यसैगरी, साहिल पटेलले ३६ बलमा ३८ रन बनाए भने शहन आराचिघेले १५ बलमा ३४ रनको विष्फोटक पारी खेले ।

एनपिएलको प्रभाव : पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा

काठमाडौंले गुमायो पहिलो विकेट, साहिल पटेल आउट

लुम्बिनीका अभिशेषले लगातार दुई बलमा लिए काठमाडौँका दुई विकेट

एनपीएलमा लुम्बिनीले टस जित्यो, काठमाडौंले सुरुमा ब्याटिङ गर्दै*

देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन : बाजागाजा र र्‍यालीसहित नेता–कार्यकर्ता सहभागी

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको काठमाडौँ जिल्ला अधिवेशनमा सहभागी हुन नेता तथा कार्यकर्ताहरू बाजागाजा र मोटरसाइकल र्‍यालीसहित राष्ट्रिय सभागृह पुगेका छन् ।

काठमाडौँका विभिन्न नगरपालिका तथा गाउँपालिकाबाट आएका नेता–कार्यकर्ताहरू बाजागाजा र मोटरसाइकल र्‍यालीसहित सभागृह पुगेका हुन् ।

अधिवेशनको उद्‌घाटन पूर्वसभापति देउवाले गर्ने कार्यक्रम रहेको छ । अधिवेशनमा देउवा पक्षका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ ।

अदालतले न्याय दिन्छ : देउवा

राज्यमा विवेकहीन र निरंकुश प्रवृत्ति हाबी भयो : प्रचण्ड

गगन थापाको उपस्थितिमा लगनबाट सुरु भयो सुकुन्दा र्‍याली

 पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

सरकार र डा.केसीबीच ६ बुँदे सहमति, अनशन तोडियो

नेपाल सरकार र अनशनरत डा। गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै डा। केसीले आफ्नो २५औँ सत्याग्रह ९अनशन०अन्त्य गरेका छन् ।

पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गएराति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर डा। केसीसँग सहमति गरी अनशन तोडाएका हुन् ।

डा केसीको अनशन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनशन रहेको बताए । उनले भने, ‘यो डा। केसीको अन्तिम अनशन हो । उहाँसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्छन् ।’

सहमतिअनुसार चिकित्सा शिक्षा आयोगको गत असोज ३० गतेको निर्णयबमोजिम सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको अनुमति प्रदान तथा सिट सङ्ख्या निर्धारण गरिनेछ ।

सरकार र डा. केसीबीच भएका ६ सहमति के-के हुन् ?

कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने, जथाभावी नफाल्न आग्रह

महिलामन्त्री बादी र मुख्यमन्त्री शाहीबीच भेट, के-के भए कुराकानी ?

सिकाइ र अभ्यासका लागि काठमाडौँ केन्द्रबिन्दु हो : सांसद परियार

चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाइ

दरबारमार्गमा काग सम्मेलन, सयौँ काग एकै ठाउँमा भेला

पाथीभरा दर्शनार्थीको चाप बढ्दै, केबलकार निर्माण छिटो सक्न माग

तिहार विशेष रैथाने मेलामा स्वदेशी उत्पादनको प्रवर्द्धन

इरानसँग वार्ता जारी रहेको ट्रम्पको दाबी, हवाई प्रतिरक्षा उपकरण नष्ट गरेको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच वार्ता जारी रहेको दाबी गर्दै अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा उपकरण नष्ट गरेको बताएका छन् ।

ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै ट्रम्पले इरानसँग वार्ता भइरहेको र यसअघि पनि छलफल भएको बताएका हुन् ।

‘हामीले इरानलाई पराजित गरिसकेका छौँ । इरानको मामिलामा अवस्था हाम्रा लागि निकै राम्रो छ । हामी इरानसँग कुरा गरिरहेका छौँ र यसअघि पनि वार्ता गरिसकेका छौँ,’ उनले भने ।

ट्रम्पले होर्मुज जलडमरूमध्य खुल्दै गएको र त्यहाँबाट पहिलेभन्दा बढी तेल व्यापार भइरहेको दाबीसमेत गरेका छन् । उनले पछिल्लो ६–७ महिनामा अमेरिकाले कुनै पनि सैनिक गुमाउनुपरेको छैन भन्ने दाबी पनि गरेका छन् ।

ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

इरानको केशम टापुमा दुई मिसाइल खसे, अमेरिकी ड्रोन खसालेको सेनाको दाबी

नेतन्याहूलाई हटाएर राष्ट्रिय आपतकालीन सरकार बनाउन आइजेनकोटको प्रस्ताव

ट्रम्पका आप्रवासन नीतिका योजनाकार स्टिफन मिलर नयाँ चिफ अफ स्टाफ नियुक्त

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

शान्तिवार्ताको तयारीबीच किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, पाँच घाइते
















प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  ७ : ५९ बजे

कोप–३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनले

लुम्बिनीको इनिङ धराशायी

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको एक मात्र खेलमा

फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको आह्वान

पेरिस- फ्रान्सका विद्यार्थी र शिक्षक समूहहरूले मङ्गलबार हडतालको आह्वान गरेका

काठमाडौंविरुद्ध लुम्बिनीको खराब प्रदर्शन

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको एक मात्र खेलमा