‘सेल्फी किङ’ को भव्य प्रिमियर, सेलिब्रेटीले गरे तारिफ | Khabarhub Khabarhub

‘सेल्फी किङ’ को भव्य प्रिमियर, सेलिब्रेटीले गरे तारिफ


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म ‘सेल्फी किङ’ को प्रिमियर गरिएको छ । बुधवार काठमाडौंको नयाँ बसपार्कमा खुलेको नयाँ मल्टिप्लेक्स हल आईएनआई सिनेमाजमा फिल्म प्रदर्शन गरियो ।

प्रिमियरमा फिल्मका शीर्ष कलाकारका साथै अन्य सेलिब्रेटी र पत्रकारको बाक्लो उपस्थिति थियो ।

भर्सटाइल अभिनेताको परिचय बनाएका विपिन कार्कीको शीर्ष भूमिका रहेको ‘सेल्फी किङ’ हेरेर सेलिब्रेटीले विपिनको कामको खुलेर प्रशंसा गरेका छन् ।

फिल्ममा विपिनले एक हास्यकलाकारको भूमिका निभाएका छन् । ३ दिने यात्राका क्रममा एक हास्यकलाकारको जीवनमा देखिएको उतारचढावलाई फिल्ममा प्रस्तुत गरिएको छ ।

एक कमेडियनको भित्री पीडा र चर्चित सेलिब्रेटीको जीवन कस्तो हुन सक्छ भन्ने देखाइएको यो फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय छ ।

प्रिमियरमा फिल्म हेर्न भुवन केसी , सन्तोष पन्त , निर्मल शर्मा , जितु नेपाल , केदार घिमिरे , निशा अधिकारी , केकी अधिकारी , आँचल शर्मा , नम्रता श्रेष्ठ , कर्मा , विनय श्रेष्ठ , आर्यन सिग्देल , प्रमोद अग्रहरी , कामेश्वर चौरसिया , दिपेन्द्र के खनाल , सुनिलकुमार थापा , भोलाराज सापकोटा , शोभित बस्नेत , रीमा विश्वकर्मा , सुवास गिरी , सुरेन्द्र पौडेल लगायतका फिल्मकर्मी पुगेका थिए ।

फिल्म हेरेपछि सेलिब्रेटीले यो फिल्म मन परेको प्रतिक्रिया दिएका थिए । कति सेलिब्रेटीले निर्देशक विशाल सापकोटाको कामको पनि खुलेर तारिफ गरे ।

अभिनेता आर्यन सिग्देलले यो फिल्म हेर्दा आफू भावुक भएको प्रतिक्रिया दिए । ‘हामीलाई कतै उही पात्रले हसाउँछ, कतै रुन बाध्य बनाउँछ, सम्रगमा फिल्म राम्रो लाग्यो,’ उनले भने ।

त्यस्तै नायिका नम्रता श्रेष्ठले पनि फिल्म मन परेको बताइन् । उनले धेरै कलाकारको जीवनसँग यो फिल्मको कथाले मेल खाने बताइन् ।

‘कलाकारलाई सबैले बाहिरबाट त चिन्छ तर भित्र उसको के बितेको छ, त्यो महसूस गर्दैन, फिल्ममा यस्तै देखाइएको छ,’ उनले भनिन् ।

त्यसैगरी केकी अधिकारीले पनि फिल्ममा काम गर्दा लक्की महसूस भएको बताइन् । उनले आफू कलाकार भएका कारण अझ बढी छोएको प्रतिक्रिया दिए ।

यस्तै निर्देशक प्रदीप भट्टराई फिल्मको कथाले आफूलाई छोएको भन्दै अभिनेता विपिन कार्कीको तारिफ गरे । फिल्म हेरेपछि अन्य सेलिब्रेटीले पनि प्रतिक्रिया दिएका थिए ।

तस्वीरहरू – आर्यन बिमली

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ४ : ४० बजे

निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

दोधारा चाँदनी– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा नेपाली सेनाले सुरक्षा

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस

कांग्रेस बैठकमा विश्वप्रकाशले भने– छैटौंपटक प्रधानमन्त्री बन्नुहुन्न, सभापतिले सम्मानजनक बिदाइ लिनुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई छैटौंपटक

बूढानीलकण्ठ नगरपालिका : स्वास्थ्य क्षेत्रमा यसरी गर्दैछ सुधारको प्रयास

काठमाडौं– काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ मा स्वास्थ्य