पत्रकारले लाइसेन्स लिनुपर्ने बुँदा हटाएर मिडिया काउन्सिल विधेयक पारित « Khabarhub

पत्रकारले लाइसेन्स लिनुपर्ने बुँदा हटाएर मिडिया काउन्सिल विधेयक पारित


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाको बैठकबाट मिडिया काउन्सिल विधेयक सर्वसम्मत रुपमा पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पेश गरेको प्रस्तावअनुसार सर्वसम्मत रुपमा विधेयक पारित भएको हो ।

यद्यपि, विधियकमा उल्लेख गरिएको पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्नेसम्बन्धी बुँदा भने विधेयकबाट हटाइएको छ ।

विधेयकमाथिको छलफलका क्रममा विधायन व्यवस्थापन समितिले पत्रकारले लाइसेन्सको परीक्षा दिनुपर्ने बुँदा थपेको थियो ।

तर, बिहीबारको बैठकमा राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले उक्त बुँदा हटाएर विधेयक संशोधन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

संशोधन प्रस्तावमा सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले पनि समर्थन जनाएका थिए ।

बाँस्कोटाको समर्थनपछि विधेयकबाट पत्रकारले लाइसेन्सको परीक्षा दिनुपर्ने बुँदा हटाउने संशोधन प्रस्ताव पारित भयो ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ३ : २७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै