रहेनन् हलिउडका चर्चित अभिनेता कर्क डग्लस | Khabarhub Khabarhub

रहेनन् हलिउडका चर्चित अभिनेता कर्क डग्लस


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाका सुप्रसिद्ध कलाकार कर्क डग्लसको १०३ वर्षको उमेरमा निधन भएको छ । हलिउडमा सन् १९४० को दशकमा खुबै ख्याति कमाएका डग्लसको बुधवार निधन भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

उनले सन् १९४० को अन्त्यतिर खेलेका फिल्मले खुबै लोकप्रियता कमाएका थिए । कर्कले फिल्म निर्देशन र निर्माण समेत गरेका छन् । उनले एकसय भन्दा बढी फिल्ममा काम गरेको बताइन्छ ।

कर्क तीन पटक ओस्कारको मनोनयनमा परेका थिए । उनी च्याम्पियन नामक फिल्मबाट सन् १९४९ मा ओस्कार नोमिनेसनमा परेका थिए । उनी सन् १९५२ र १९५६ मा द ब्याड एण्ड द ब्यूटीफूललस्ट फर लाइफ सिनेमाबाट पनि मनोनयनमा परेका थिए ।

कर्कको निधन भएको खबर उनका छोरा माइकल डग्लसले छोराले पुष्टि गरेका हुन् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ५ : १३ बजे

इङ्गल्यान्डको नाटकीय पारी: ६ डक आउट, भारतविरुद्ध तीन सय रनको साझेदारी

लन्डन – भारतले इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा २४४ रनको अग्रता लिएको

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको महिला तथा सामाजिक मामिला

आज ‘नेशनल म्युजिक अवार्ड’, यी कलाकारको हुनेछ लाइभ प्रस्तुती

काठमाडौं – रेडियो कान्तिपुरले शनिबार यस संस्करणको ‘नेशनल म्युजिक अवार्ड’

बढ्दै डेंगी सङ्क्रमण, सावधानी नअपनाए महामारी फैलिने चेतावनी

काठमाडौं – गर्मी मौसम तथा वर्षायाममा देखिने डेंगी केही वर्षयता

अमेरिकामा बाढीले १३ जनाको मृत्यु

टेक्सस – अमेरिकाको टेक्सस सहरमा आएको बाढीका कारण १३ जनाको