साउथ स्टार विजयको घरमा छापा, ६५ करोड जफत « Khabarhub

साउथ स्टार विजयको घरमा छापा, ६५ करोड जफत


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दक्षिण भारतीय स्टार विजय कर छलीको आरोपमा विवादमा फसेका छन् । हालै तमिल नाडुमा एक फिल्मको छायांकनमा रहेका विजयको घरमा इनकम ट्याक्सका अधिकारीले छापा मारेका छन् ।

छापा मारेपछि विजयले फिल्मको छायांकन बीचमै छोड्नुपरेको छ ।

भारतीय मिडियाका अनुसार रेड (छापा) मारेर ६५ करोड भारु जफत गरिएको छ । विजयको पछिल्लो फिल्म ‘बिजिल’ का एक सदस्यबाट यो रकम जफत गरिएको हो । यो रकम दुई अलग–अलग ठाउँबाट जफत गरिएको बताइएको छ ।

यसमा ५० करोड चेन्नईबाट र १५ करोड मदुरेबाट जफत गरिएको हो । इनकम ट्याक्स डिपार्टमेन्टले एजीएस इन्टरटेनमेन्ट, एजीएस सिनेमाज, एजीएस ग्रुपमाथि निगरानी गर्दै अभिनेता विजय र लगानीकर्ता अन्बु छेजियानको घरमा समेत छापा मारेको हो ।

भारतीय मिडियाका अनुसार उक्त रेड एजीएस ग्रुपलाई टार्गेट गरेर २० वटाभन्दा बढी स्थानमा एकसाथ हानिएको थियो ।

रिपोर्टसका अनुसार विजयसँग सोधपुछ चलिरहेको छ । एजीएस सिनेमाजलाई कर छलीको आरोप लागेको छ । यो ब्यानरले विजयलाई लिएर फिल्म ‘बिजिल’ बनाएको थियो ।

यो फिल्मले विश्वभरबाट ३ सय करोड भारु भन्दा बढी कमाइ गरेको थियो । कर अधिकृतले फिल्मको कमाइबाट कर छली गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ५ : ४५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ