शरद घाइते भएपछि १० दिन आराममा, विश्वकप लिग-२ त्रिकोणात्मक श्रृंखलाका बाँकी खेल गुमाउने | Khabarhub Khabarhub

शरद घाइते भएपछि १० दिन आराममा, विश्वकप लिग-२ त्रिकोणात्मक श्रृंखलाका बाँकी खेल गुमाउने


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली क्रिकेट टोलीका मध्यक्रममा ब्याट्सम्यान शरद भेषवाकरले काठमाडौंमा जारी विश्वकप लिग–२ त्रिकोणात्मक श्रृंखलाका बाँकी खेल गुमाउने भएका छन् ।

बुधबार ओमानविरुद्धको खेलमा घाइते भएपछि चिकित्सकले उनलाई १० दिन आराम गर्न भनेका हुन् । उनी १० दिन आराममा रहँदा उनले जारी श्रृंखलाका बाँकी खेल गुमाउने भएका हुन्।

बुधबार बेलुका नै स्वास्थ्य चेकजाँजका लागि अस्पताल पुगेका उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बाँकी खेल नखेल्न चिकित्सकले सुझाएका थिए । बुधबारको खेलमा उनले अर्धशतकीय पारी खेलेका थिए ।

विश्वकप लिग–२ त्रिकोणात्मक श्रृंखला जारी रहेका बेला भेषवाकर मैदानमा उत्रिन नसक्ने भएपछि नेपाललाई आगामी खेलमा  थप चुनौती  देखिने भएको छ ।

उनी मैदानमा उत्रिन नसक्ने भएपछि वैकल्पिक सूचीमा रहेका सुभाष खकुरेलले टोलीमा स्थान पाउनेछन् । जारी त्रिकोणात्मक श्रृंखला अन्तर्गत शनिबार नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ ।  शनिबारकाे खेलसहित नेपालले तीन वटा खेल खेल्न बाँकी छन् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ६ : ५६ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन