शरद घाइते भएपछि १० दिन आराममा, विश्वकप लिग-२ त्रिकोणात्मक श्रृंखलाका बाँकी खेल गुमाउने « Khabarhub

शरद घाइते भएपछि १० दिन आराममा, विश्वकप लिग-२ त्रिकोणात्मक श्रृंखलाका बाँकी खेल गुमाउने


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली क्रिकेट टोलीका मध्यक्रममा ब्याट्सम्यान शरद भेषवाकरले काठमाडौंमा जारी विश्वकप लिग–२ त्रिकोणात्मक श्रृंखलाका बाँकी खेल गुमाउने भएका छन् ।

बुधबार ओमानविरुद्धको खेलमा घाइते भएपछि चिकित्सकले उनलाई १० दिन आराम गर्न भनेका हुन् । उनी १० दिन आराममा रहँदा उनले जारी श्रृंखलाका बाँकी खेल गुमाउने भएका हुन्।

बुधबार बेलुका नै स्वास्थ्य चेकजाँजका लागि अस्पताल पुगेका उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बाँकी खेल नखेल्न चिकित्सकले सुझाएका थिए । बुधबारको खेलमा उनले अर्धशतकीय पारी खेलेका थिए ।

विश्वकप लिग–२ त्रिकोणात्मक श्रृंखला जारी रहेका बेला भेषवाकर मैदानमा उत्रिन नसक्ने भएपछि नेपाललाई आगामी खेलमा  थप चुनौती  देखिने भएको छ ।

उनी मैदानमा उत्रिन नसक्ने भएपछि वैकल्पिक सूचीमा रहेका सुभाष खकुरेलले टोलीमा स्थान पाउनेछन् । जारी त्रिकोणात्मक श्रृंखला अन्तर्गत शनिबार नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ ।  शनिबारकाे खेलसहित नेपालले तीन वटा खेल खेल्न बाँकी छन् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ६ : ५६ बजे

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

तनहुँ । भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक

स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त भएका

केपी ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत्

इरान र अमेरिकाबीचको युद्ध अन्त्यको संकेत

काठमाडौं । इरान र अमेरिका युद्ध अन्त्यको सहमति नजिक पुगेका

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको