डा केसीविरुद्धको अवहेलनाको मुद्दा खारेज « Khabarhub

डा केसीविरुद्धको अवहेलनाको मुद्दा खारेज


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले डा गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गर्ने आदेश जारी गरेको छ ।

न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको बृहत् पूर्ण इजलासले आज सो मुद्दा खारेज गर्ने आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतका अधिकृत नेत्रबन्धु पौड्यालले डा केसीले अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको उल्लेख गर्दै अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए । सोही इजलासले आज कान्तिपुर दैनिकविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा पनि खारेज गर्ने आदेश जारी गरेको छ ।

अधिवक्ता तोयानाथ ढुङ्गानाले तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको विवादास्पद जन्ममिति र शैक्षिक प्रमाणपत्रका विषयवस्तुमा अदालतको अवहेलना हुने गरी समाचार लेखेको उल्लेख गर्दै कान्तिपुरविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको थियो । यो दुवै मुद्दाको आदेशको पूर्णपाठ भने आउन बाँकी छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ८ : ५६ बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य