अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड « Khabarhub

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ औँशी मनाइसकेका हुन्छन् । हाम्रो डिजिटल युगको समाजलाई चित्रित गर्न यस्तै केही घटना काफी छन् ।

हुन त आफ्ना राम्रा कुरा अरुलाई प्रदर्शन गर्ने मानव प्रवृति नै हो । यस प्रवृतिलाई बढी स्थान दिनेका लागि सामाजिक सञ्जाल यति प्रभावकारी बनेको छ कि- व्याख्या गरेर सकिँदैन ।

यो प्रवृति आममान्छेका लागि देखावटी हो । सेलिब्रेटीको हकमा ‘फ्लेक्स’ हो । उनीहरू कामले गुमनाम भए भने चर्चामा आउने ‘फ्लेक्स’ गर्न पछि पर्दैनन् ।

तर, गम्भीर विषयमा पनि सेलिब्रिटीको चेत पुगेको पाइँदैन । सामाजिक सञ्जालमा ‘पोस्ट’ हाल्न उनीहरू कम हतार देखिँदैनन् ।

उदाहरण १ : गायक यम बराल गम्भीर प्रकृतिको रोगसँग जुधिरहेका छन् । निकट व्यक्तिहरूका अनुसार उनी आफ्नो रोगबारे सार्वजनिक जानकारी दिन चाहँदैनन् । त्यो उनको व्यक्तिगत अधिकार पनि हो ।

त्यही भएर पनि आफू सामान्य विरामी परेको र बाहिरको चर्चा सबै असत्य रहेको दाबी गर्दै आएका छन् । अस्पतालको बेडबाट उनी आफ्नो गोपनीयताका लागि लड्नु परेको छ । यसको उपज सामाजिक सञ्जालबाट निकट देखिने होडबाजी हो ।

पुराना कलाकार, उनका समकालीन र उनीसँग चिनजान रहेका कलाकारहरूले नै सामाजिक सञ्जालबाट स्वास्थ्य लाभको कामना गरिरहेका छन् । जबकि उनीहरूले चाहेको अवस्थामा यमसँग भेट सम्भव छ ।

तर, यहाँ सामाजिक सञ्जालबाटै औपचारिकता, निकटता र सहानुभूति खुलेआम देखाउने उनीहरूमा ‘गलत बुझाइ’ छ ।

उदाहरण २ : कलाकार दीपाश्री निरौला ब्रेन ट्युमरको शल्यक्रियापछि अस्पतालको बेडमा रहेको तस्बिर उनीनिकट अर्का कलाकार दीपकराज गिरीले राखे ।

दीपाको उपचारमा संलग्न रहेको र ठूलो खड्गो पार गरेको समाचार दर्शकलाई सूचित गराएर दीपकले केही बिराएनन् । बरू सहकर्मीप्रतिको उनको स्नेह र दर्शकप्रतिको जिम्मेवारी झल्कियो ।

त्यसपछि दीपालाई भेट्न एकपछि अर्का कलाकार उर्लिए । नायिका, नायक, वरिष्ठदेखि कनिष्ठकलाकारहरू बेडमा रहेका दीपासँगको सेल्फी सामाजिक सञ्जालमा हालिरहेका छन् । अझ केहीले त टिकटककै पो हालेका छन् ।

यहाँ दीपा र यम पछिल्लो उदाहरण हुन् । तर, यो प्रवृतिले पूरा नेपाली समाज ग्रसित छ ।

फोटो राख्नु राम्रो हो त ?

बिरामीका लागि ‘फन्डिङ’ र ‘हामी साथमा छौं’ भनेर बिरामीको मनोबल बढाउन दुई प्रमुख उद्देश्यका लागि सामाजिक सञ्जालमा तस्बिर राख्नु उपयुक्त हुने विभिन्न खोजको निष्कर्ष छ ।

यस विषयमा सरोकार राख्ने विभिन्न विदेशी संस्थाहरूको रिसर्चले बिरामीलाई भेटेको फोटो राख्नु ‘गलत’ नै भनेका छन् ।
गोपनीयताको विषयमा उदार मानिएका देशहरूमा पनि यो बहसको विषय हो ।

अमेरिकाको नेशनल आइब्रेरी अफ मेडिसिनको रिसर्चले त सौन्दर्यको उपचार गर्न आएका व्यक्तिहरूको र उपचारपछि नतिजा देखाइनुलाई पनि ‘गलत’ भनेको छ ।

सामाजिक सञ्जालमा बिरामीको फोटो राख्नुलाई उसको गोपनीयतासहित नैतिक र मानसिक संवेदनामा ख्याल नगरिएको कोणको विचार हाबी हुन्छ ।

कोही बिरामी भएको अवस्था सार्वजनिक गर्नु उसको गोपनीयता हनन हुनु हो । उसले आफूलाई भेट्न आएको मानिसलाई फोटो नखिच भनेर नभन्न पनि सक्छ । उ त्यो अवस्थामा नहुन पनि सक्छ ।

बिरामी ठीक भएपछि त्यस्ता फोटोहरूले गर्दा उसको दैनिक जीवनमा असहज पार्न सक्छ । अरू नै विषयमा केन्द्रित रहँदा पनि अरु व्यक्तिहरूको स्वास्थ्यचासोले विरामीलाई मानसिक तनाव दिन सक्छ । बिरामी हुँदाको तस्बिर ट्रोलमा प्रयोग हुँदा उक्त व्यक्ति नैतिक संकटमा पनि पर्न सक्छ ।

अझ बिरामीको अनुमतिमै राखिए पनि उक्त फोटोले दीर्घकालीन असर उसैलाई पर्ने सम्भावना पनि जीवित रहन्छ ।
यसको जिम्मेवार को हुने ?

मानौँ बिमारीले सार्वजनिक वा निजी स्थानमा आफ्नो पुरानो वा निको भइसकेको बिमार लुकाउन चाहने बाध्यात्मक परिस्थिति आयो । यस अवस्थामा ऊ फेरि एक पकट बिरामी हुन्छ । अरुले सामाजिक सञ्जालमा हालेको फोटोले उसले अवसरसँगै विभिन्न कुरा गुमाउन सक्छ । बिरामी हुनु स्वास्थ्य अवस्था मात्रै होइन, केही स्थानमा कमजोरी र असक्षमता पनि घोषित हुन सक्छ ।
त्यसकारण रिसर्चले ‘बिरामीको फोटोहरू राख्नेहरू असंवेदनशील, अनैतिक, गोपनीयताको ख्याल नराख्ने र डिजिटल साक्षरता नभएका व्यक्ति हुन्’ भन्ने निष्कर्षै निकालेको छ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ८ : १६ बजे

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं- प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण