रजनीकान्तको फिल्म घाटामा गएपछि विवादमा, निर्देशकले मागे प्रहरीसँग सुरक्षा | Khabarhub Khabarhub

रजनीकान्तको फिल्म घाटामा गएपछि विवादमा, निर्देशकले मागे प्रहरीसँग सुरक्षा


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – रजनीकान्तको स्टारडम देख्दा जुन फिल्मले पनि कमाइ गर्छन् भन्ने हुन्छ । उनले खेलेका फिल्मले लगानीभन्दा बढी कमाउने गर्छन् ।

हालै रिलिज भएको फिल्म ‘दरबार’ ले भने लगानी उठाउन सकेन । लगानी नउठान नसकेपछि फिल्म विवादमा परेको छ ।

यो फिल्मका वितरकहरुले मेकर ए आर मुरुगादाससँग रिफन्डको माग गरेका छन् । रजनीकान्तको यो फिल्मबाट धेरै नै घाटा परेको वितरकहरुको भनाइ छ । वितरकहरुले सुपरस्टार रजनीकान्त, लायका प्रोडक्सन र ए आर मुरुगादासविरुद्ध उजुरी हालेर मुआब्जा दाबी गरेका छन् ।

केही दिन पहिले केही वितरकहरु रजनीकान्तको घरमा पुगेका थिए । तर त्यहाँ सेक्युरिटीले फिर्ता पठाइदिए । एक वितरकले आफूहरु भोक हडतालमा जाने बताएका थिए ।

फिल्ममेकर मुरुगादासलाई धम्की पनि आउन थालेको छ । उनले धम्की आएको भन्दै प्रहरीको सुरक्षाको माग गरेका छन् । उनले आफ्नो घरबाहिर प्रहरी राख्न समेत अनुरोध गरेका छन् ।

रजनीकान्तको ‘दरबार’ १३० करोड भारुमा बनेको थियो । यसमध्ये आधा बजेट रजनीकान्तको पारिश्रमिक थियो । यो फिल्ममा रजनीकान्त २७ वर्षपछि प्रहरीको भूमिकामा देखिएका थिए ।

जनवरीमा रिलिज भएको यो फिल्मले सोचेजस्तो कमाइ गर्न सकेको थिएन ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ११ : ०५ बजे

सियोल–अमेरिका पनडुब्बी सम्झौता : ‘आणविक डोमिनो’ सुरु हुने उत्तर कोरियाको दाबी

एजेन्सी– उत्तर कोरियाले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिका बीच

शंकर पोखरेलको तर्क : सरकारलाई नै विश्वास नभएको चुनाव हुँदैन, विघटित संसद्लाई फर्काऊँ

काठमाडौं- गत भदौ २७ गते विघटित प्रतिनिधिसभाका नेकपा एमाले संसदीय

गुलाफको फूलसहित निर्वाचनमा आयोगमा विप्लवको बाजागाजा र र्‍याली

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) आगामी फागुन २१

बन्दुक छाडेका विप्लवले अब बोक्ने छन् गुलाफको फूल (तस्बिरहरू)

काठमाडौं- संसदीय राजनीतिविरूद्धमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ अन्तत: आगामी फागुन

प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरूको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका युवा नेताहरूले भेट गरेका