अख्तियार घेराउ गर्न पुगेका साझा पार्टीका नेता–कार्यकर्ता पक्राउ | Khabarhub Khabarhub

अख्तियार घेराउ गर्न पुगेका साझा पार्टीका नेता–कार्यकर्ता पक्राउ


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालुवाटारको ललित निवास (कम्पाउण्ड)को जग्गा प्रकरणमा दायर भएको मुद्दामा पहुँचवालाई अन्मुक्ति खोजिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा विरोध प्रदर्शन गर्न गएकालाई प्रहरीले पक्राउ गरेको छ ।

ललिता निवास प्रकरणमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुलाई जोगाउन खोजिएको विरोधमा सिटी जुलुस निकाल्न गएका साझा पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रका अनुसार बालुवाटार जग्गा प्रकरणमा अख्तियारले ‘शुरु गरेको राम्रो कामको स्वागत’ तथा केही नेताहरुलाई जोगाउन खोजेको भन्दै विरोध जनाउने क्रममा केही नेता कार्यकर्ता पक्राउ परेका छन् ।

संयोजक मिश्रले साझा पार्टीकी बाग्मती प्रदेश संयोजक समिक्षा वास्कोटासहित नेताहरु नारायण कोइराला, प्रकाशचन्द्र परियार, शरदराज पाठक, अब्दुस मिया लगायत पक्राउ परेका जानकारी दिएका छन् ।

बालुवाटारको सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा नामसारी गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले बुधबार मात्रै १ सय ७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा १ सय १० जनाले भ्रष्टाचार गरेको भन्दै बिगोसहित कैद सजाय मागदाबी गरिएको छ भने ६५ जनालाई सम्पत्ति तथा जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १२ : ३० बजे

प्रि ओपन सेसन : नेप्सेमा साढे १ अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

निजामती सेवा विधेयकमा अनधिकृत परिवर्तन गरिनु देश र जनताप्रतिको अपराध : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयक

विधायन व्यवस्थापन र राज्य व्यवस्था समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुई समितिको बैठक बस्दैछ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।