अख्तियार 'ओली आयोग' बन्यो : कांग्रेस संसदीय दल | Khabarhub Khabarhub

अख्तियार ‘ओली आयोग’ बन्यो : कांग्रेस संसदीय दल


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतपक्षी दल नेपाली कांग्रेस संसदीय दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ‘ओली आयोग’बनेको आरोप लगाएको छ ।

शुक्रवार विहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ‘ओली आयोग’मा रुपान्तरण भएको आरोप लगाएको हो ।

संसदीय दलको बैठकले विजयकुमार गच्छदारमाथिको मुद्दा राजनीतिक पूर्वाग्रहपूर्ण भएको तत्कालिन शाही आयोगजस्तै अख्तियार पनि ‘ओली आयोग’ बनेको निश्कर्ष निकालेको कांग्रेसका एक सांसदले बताए ।

बैठकमा संसदीय दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवा र उपनेता गच्छदारले सरकार र नेकपाले कोही व्यक्तिमाथि नभई कांग्रेस माथि नै आक्रमण गरेको बताएका थिए । उनीहरुले वर्तमान सरकार र नेकपा कांग्रेसलाई सिध्याउने खेलमा लागेको आरोप लगाएका थिए ।

गच्छदारमथि मुद्दा दर्ता भएपछि बिहीबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको कांग्रेसले त्यसलाई निरन्तरता दिने निर्णय समेत संसदीय दलबाट गरेको छ ।

बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छादारसहित १ सय ७५ जना विरुद्ध ललिता निवास जग्गा प्रकणमा मुद्दा दर्ता गरेपछि कांग्रेसले त्यसलाई राजनीतिक पूर्वाग्रहयुक्त भएको जनाएको छ ।

नेपाली कांग्रेसले हिजो पत्रकार सम्मेलन गर्दै पूर्वाग्रह साधेर मुद्दा चलाइएको भन्दै त्यसको संसद र सडकबाट प्रतिवाद गर्ने जनाएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १ : ०२ बजे

खुमलटारमा प्रचण्ड र शेखरबीच दुई घण्टा लामो वार्ता

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा (माओवादी

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छ : गगन थापा

पाटन– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशभित्रका समग्र समस्याको समाधानका

महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी

काठमाडौं– दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिपमा नेपाल

विकास बोर्डको आग्रह : ‘पशुपति प्रसाद २’भन्दा बढी व्यापार गर्नेले निवेदन दिनू

काठमाडौं – चलचित्र विकास बोर्डले बितेका २५ वर्षमा प्रदर्शनमा आएर