अख्तियार ‘ओली आयोग’ बन्यो : कांग्रेस संसदीय दल « Khabarhub

अख्तियार ‘ओली आयोग’ बन्यो : कांग्रेस संसदीय दल


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतपक्षी दल नेपाली कांग्रेस संसदीय दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ‘ओली आयोग’बनेको आरोप लगाएको छ ।

शुक्रवार विहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ‘ओली आयोग’मा रुपान्तरण भएको आरोप लगाएको हो ।

संसदीय दलको बैठकले विजयकुमार गच्छदारमाथिको मुद्दा राजनीतिक पूर्वाग्रहपूर्ण भएको तत्कालिन शाही आयोगजस्तै अख्तियार पनि ‘ओली आयोग’ बनेको निश्कर्ष निकालेको कांग्रेसका एक सांसदले बताए ।

बैठकमा संसदीय दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवा र उपनेता गच्छदारले सरकार र नेकपाले कोही व्यक्तिमाथि नभई कांग्रेस माथि नै आक्रमण गरेको बताएका थिए । उनीहरुले वर्तमान सरकार र नेकपा कांग्रेसलाई सिध्याउने खेलमा लागेको आरोप लगाएका थिए ।

गच्छदारमथि मुद्दा दर्ता भएपछि बिहीबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको कांग्रेसले त्यसलाई निरन्तरता दिने निर्णय समेत संसदीय दलबाट गरेको छ ।

बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छादारसहित १ सय ७५ जना विरुद्ध ललिता निवास जग्गा प्रकणमा मुद्दा दर्ता गरेपछि कांग्रेसले त्यसलाई राजनीतिक पूर्वाग्रहयुक्त भएको जनाएको छ ।

नेपाली कांग्रेसले हिजो पत्रकार सम्मेलन गर्दै पूर्वाग्रह साधेर मुद्दा चलाइएको भन्दै त्यसको संसद र सडकबाट प्रतिवाद गर्ने जनाएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १ : ०२ बजे

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई