ललिता निवास प्रकरणमा म दोषी छैन : माधव नेपाल « Khabarhub

ललिता निवास प्रकरणमा म दोषी छैन : माधव नेपाल


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी नरहेको प्रष्टीकरण दिएका छन् । शुक्रबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यो प्रकरणमा आफू दोषी नभएको बताएका हुन् ।

ललिता निवास जग्गा प्रकरण (बालुवाटार जग्गा प्रकरण) मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

नेता नेपालले आफू दोषी नभएको र अपराधी पनि नभएको बताएका छन् । उनले आफू भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे हुँ भएको बताउँदै आफ्नो पालामा कुनै नयाँ मोही बनाउनका लागि मोही दिने निर्णय नभएको पनि बताए ।

ललिता निवास जग्गा प्रकरणमा संलग्न दोषी मान्छे उम्किन नहुने भन्दै नेता नेपालले निर्दोष पनि पर्न नहुने बताए ।

ललिता निवास प्रकरणमा अख्तियारलाई छानविन गर्न दिनुपर्ने भन्दै नेता नेपालले यो कांग्रेसले भनेजस्तो कसैलाई फसाइएको नभएको र त्यसो भन्न नमिल्ने बताए ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १ : १५ बजे

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस