ललिता निवास प्रकरणमा म दोषी छैन : माधव नेपाल « Khabarhub

ललिता निवास प्रकरणमा म दोषी छैन : माधव नेपाल


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी नरहेको प्रष्टीकरण दिएका छन् । शुक्रबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यो प्रकरणमा आफू दोषी नभएको बताएका हुन् ।

ललिता निवास जग्गा प्रकरण (बालुवाटार जग्गा प्रकरण) मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

नेता नेपालले आफू दोषी नभएको र अपराधी पनि नभएको बताएका छन् । उनले आफू भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे हुँ भएको बताउँदै आफ्नो पालामा कुनै नयाँ मोही बनाउनका लागि मोही दिने निर्णय नभएको पनि बताए ।

ललिता निवास जग्गा प्रकरणमा संलग्न दोषी मान्छे उम्किन नहुने भन्दै नेता नेपालले निर्दोष पनि पर्न नहुने बताए ।

ललिता निवास प्रकरणमा अख्तियारलाई छानविन गर्न दिनुपर्ने भन्दै नेता नेपालले यो कांग्रेसले भनेजस्तो कसैलाई फसाइएको नभएको र त्यसो भन्न नमिल्ने बताए ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १ : १५ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा