काठमाडौं उपत्यका विकास प्राधिकरणकले बोलाएको बैठक उपत्यकाका मेयरहरुद्वारा वहिष्कार « Khabarhub

काठमाडौं उपत्यका विकास प्राधिकरणकले बोलाएको बैठक उपत्यकाका मेयरहरुद्वारा वहिष्कार


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले बोलाएको एक बैठलाई उपत्यका मेयरहरुले वहिष्कार गरेका छन् ।

सहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरणले बुधवार बोलाएको एक बैठकलाई काठमाडौं, भक्तपुर र ललितपुरका मेयरहरुले वहिष्कार गरेका हुन् ।

काठमाडौं उपत्यका विकास प्राधिकरण खारेजीको माग गर्र्दै आएका उनीहरुले सहरी विकास मन्त्री गोकुल बाँस्कोटाले अध्यक्षता गरेको भौतिक विकास समितिको बैठक वहिष्कार गरेका हुन् ।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका लगायतका नागरपालिकाका प्रमुखहरुले बैठक वहिष्कार गरेका हुन् ।

बैठकमा तारकेश्वर नगरपालिकाका प्रमुख भने सहभागी भएका थिए ।

उनले मेयर फोरमको विरोधका बाबजुद आफू भने कार्यक्रममा सहभागी भएको जानकारी दिए ।

‘उपत्यका विकास प्राधिकरण खारेजी गर्नुपर्छ भन्ने विषयमा मेरोपनि सहमति रहेको छ’ मेयर रामेश्वर बोहराले भने,‘तर पनि आफ्ना केही कुरा राख्नका लागि म बैठकमा सहभागी भएको हुँ । अन्य कोही पनि मेयर बैठकमा सहभागी हुनुभएन ।’

उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर्न माग गर्दै आएको छ ।

केही समय अघि ललितपुरमा बसेको फोरम बैठकले स्थानीय सरकारको काम, कर्तव्य र अधिकारमा पटक—पटक हस्तक्षेप गरेको निष्कर्ष निकाल्दै प्राधिकरण खारेजीको माग गरेको थियो ।

पछिल्लोसमय काठमाडौं महानगरपालिका र प्राधिकरणबीच भवन निर्माण मापदण्डका विषयमा आरोप–प्रत्यारोप समेत चलेको थियो ।

प्राधिरकणले आफ्नो मापदण्डविपरित महानगरले छुट्टै मापदण्ड बनाएको आरोप लगाउँदै आएको छ। महानगरले प्राधिकरणले आफ्नो अधिकारमा हस्तक्षेप गरेको बताउँदै आएको छ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ४ : ३१ बजे

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद

नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक,