काठमाडौं उपत्यका विकास प्राधिकरणकले बोलाएको बैठक उपत्यकाका मेयरहरुद्वारा वहिष्कार | Khabarhub Khabarhub

काठमाडौं उपत्यका विकास प्राधिकरणकले बोलाएको बैठक उपत्यकाका मेयरहरुद्वारा वहिष्कार


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले बोलाएको एक बैठलाई उपत्यका मेयरहरुले वहिष्कार गरेका छन् ।

सहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरणले बुधवार बोलाएको एक बैठकलाई काठमाडौं, भक्तपुर र ललितपुरका मेयरहरुले वहिष्कार गरेका हुन् ।

काठमाडौं उपत्यका विकास प्राधिकरण खारेजीको माग गर्र्दै आएका उनीहरुले सहरी विकास मन्त्री गोकुल बाँस्कोटाले अध्यक्षता गरेको भौतिक विकास समितिको बैठक वहिष्कार गरेका हुन् ।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका लगायतका नागरपालिकाका प्रमुखहरुले बैठक वहिष्कार गरेका हुन् ।

बैठकमा तारकेश्वर नगरपालिकाका प्रमुख भने सहभागी भएका थिए ।

उनले मेयर फोरमको विरोधका बाबजुद आफू भने कार्यक्रममा सहभागी भएको जानकारी दिए ।

‘उपत्यका विकास प्राधिकरण खारेजी गर्नुपर्छ भन्ने विषयमा मेरोपनि सहमति रहेको छ’ मेयर रामेश्वर बोहराले भने,‘तर पनि आफ्ना केही कुरा राख्नका लागि म बैठकमा सहभागी भएको हुँ । अन्य कोही पनि मेयर बैठकमा सहभागी हुनुभएन ।’

उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर्न माग गर्दै आएको छ ।

केही समय अघि ललितपुरमा बसेको फोरम बैठकले स्थानीय सरकारको काम, कर्तव्य र अधिकारमा पटक—पटक हस्तक्षेप गरेको निष्कर्ष निकाल्दै प्राधिकरण खारेजीको माग गरेको थियो ।

पछिल्लोसमय काठमाडौं महानगरपालिका र प्राधिकरणबीच भवन निर्माण मापदण्डका विषयमा आरोप–प्रत्यारोप समेत चलेको थियो ।

प्राधिरकणले आफ्नो मापदण्डविपरित महानगरले छुट्टै मापदण्ड बनाएको आरोप लगाउँदै आएको छ। महानगरले प्राधिकरणले आफ्नो अधिकारमा हस्तक्षेप गरेको बताउँदै आएको छ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ४ : ३१ बजे

वर्षायाममा देखिने स्वास्थ्य महामारी नियन्त्रण गर्न तीनै तहबीच समन्वय गरिने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वर्षा शुरु भएसँगै

रोशनी शाही कोठामै मृत भेटिइन्

काठमाडौं- पूर्वसभामुख कृष्णबहादुर महरासँग नाम जोडिएकी संसद् सचिवालयकी पूर्वकर्मचारी रोशनी

भीम रावल भन्छन् : गृहमन्त्रीले देशविरुद्ध कु-कर्म गरे, कारबाही हुनुपर्छ

काठमाडौं- पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले रमेश लेखक गृहमन्त्रीमा रहेकै अवस्थामा

रुसी आक्रमणमा १२ युक्रेनी मारिए

एजेन्सी– युक्रेनमा गयराति भएको रुसी आक्रमणमा परी १२ जनाको मृत्यु

गणतन्त्र दिवस उत्सवका रूपमा मनाउने एमालेको निर्णय

काठमाडौं– नेकपा एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका