भूमिगत सिँचाइबाट ४६ हजार हेक्टर जमिन सिञ्चित | Khabarhub Khabarhub

भूमिगत सिँचाइबाट ४६ हजार हेक्टर जमिन सिञ्चित


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- कृषि उत्पादन बढाउनका लागि रौतहट र सर्लाही नदी तथा नहरबाट सिँचाइ सुविधा नपुगेको खेतमा भूमिगत सिँचाइ प्रणालीको माध्यमबाट सिँचाइ पुर्‍याइएको छ ।

विसं २०७२ मा स्थापित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीका अनुसार रौतहट र सर्लाही जिल्लामा डिप ट्यबुवेल र स्यालो ट्युबवेलको निर्माण एवं जडानपश्चात् सिँचाइ सुविधा पुर्‍याइएको हो ।

उक्त प्रक्रियाबाट कृषि बालीमा सिँचाइ सुविधा पुगेको र उत्पादन बढेको किसानको भनाइ छ । सर्लाही जिल्लामा २०७५÷०७६ मा डिप ट्युबवेल ४६ वटा तथा स्यालो ट्यबुवेल आठ हजार ८० वटा जडान गरी २३ हजार ८५० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याइएको प्रमुख कामेश्वर यादवले बताए ।

त्यस्तै रौतहट जिल्लामा डिप ट्युबवेल ३४ तथा स्यालो ट्युबवेल सात हजार ९०५ वटा निर्माण गरी २३ हजार ४३६ हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याइएको छ । हालै रौतहटको फतुवा, विजयपुर र सर्लाहीको हरिवन नगरपालिकाका सखुवानीटोल, ढुङ्ग्रे, वसन्तपुर र हरिपुरवा नगरपालिका र सङ्ग्रामपुरमा पुरानो योजनाअन्तर्गत पम्पको निर्माण, विद्युतीकरण र वितरण प्रणालीको काम शुरु भएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख यादवले भूमिगत सिँचाइ योजनाको सर्लाही र रौतहटमा माग अत्यधिक छ तर बजेट भने न्यून रहेको बताए । सर्लाही र रौतहटमा नहर र नदी रहे पनि किसानको खेतसम्म पानी पुग्ने अवस्था नरहेको हुँदा १२ महिना भूमिगत सिँचाइबाट सिञ्चित गरिने हुँदा यसको माग बढेको हो ।

सर्लाही सङ्ग्रामपुरका रामदेव ठाकुरले यस प्रणालीबाट किसानलाई धेरै राहत पुगेको विश्वास व्यक्त गरे । एउटा स्यालो ट्युबवेल निर्माणमा करिब रु छ लाख र डिप ट्युबवेल निर्माणमा रु १८ देखि २० लाख जमिनको अवस्था हेरेर जडान हुने गरेको कार्यालयबाट थाहा भएको छ ।

त्यस्तै भूमिगत सिँचाइ डिभिजन कार्यालय पर्साले पनि बारा र पर्सा जिल्लाका खेतीयोग्य जमिनमा स्यालो ट्युबवेल र डिप ट्युबवेलबाट सिँचाइ सुविधा पुर्‍याउँदै आएको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १० : ३० बजे

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका