भूमिगत सिँचाइबाट ४६ हजार हेक्टर जमिन सिञ्चित « Khabarhub

भूमिगत सिँचाइबाट ४६ हजार हेक्टर जमिन सिञ्चित


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- कृषि उत्पादन बढाउनका लागि रौतहट र सर्लाही नदी तथा नहरबाट सिँचाइ सुविधा नपुगेको खेतमा भूमिगत सिँचाइ प्रणालीको माध्यमबाट सिँचाइ पुर्‍याइएको छ ।

विसं २०७२ मा स्थापित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीका अनुसार रौतहट र सर्लाही जिल्लामा डिप ट्यबुवेल र स्यालो ट्युबवेलको निर्माण एवं जडानपश्चात् सिँचाइ सुविधा पुर्‍याइएको हो ।

उक्त प्रक्रियाबाट कृषि बालीमा सिँचाइ सुविधा पुगेको र उत्पादन बढेको किसानको भनाइ छ । सर्लाही जिल्लामा २०७५÷०७६ मा डिप ट्युबवेल ४६ वटा तथा स्यालो ट्यबुवेल आठ हजार ८० वटा जडान गरी २३ हजार ८५० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याइएको प्रमुख कामेश्वर यादवले बताए ।

त्यस्तै रौतहट जिल्लामा डिप ट्युबवेल ३४ तथा स्यालो ट्युबवेल सात हजार ९०५ वटा निर्माण गरी २३ हजार ४३६ हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याइएको छ । हालै रौतहटको फतुवा, विजयपुर र सर्लाहीको हरिवन नगरपालिकाका सखुवानीटोल, ढुङ्ग्रे, वसन्तपुर र हरिपुरवा नगरपालिका र सङ्ग्रामपुरमा पुरानो योजनाअन्तर्गत पम्पको निर्माण, विद्युतीकरण र वितरण प्रणालीको काम शुरु भएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख यादवले भूमिगत सिँचाइ योजनाको सर्लाही र रौतहटमा माग अत्यधिक छ तर बजेट भने न्यून रहेको बताए । सर्लाही र रौतहटमा नहर र नदी रहे पनि किसानको खेतसम्म पानी पुग्ने अवस्था नरहेको हुँदा १२ महिना भूमिगत सिँचाइबाट सिञ्चित गरिने हुँदा यसको माग बढेको हो ।

सर्लाही सङ्ग्रामपुरका रामदेव ठाकुरले यस प्रणालीबाट किसानलाई धेरै राहत पुगेको विश्वास व्यक्त गरे । एउटा स्यालो ट्युबवेल निर्माणमा करिब रु छ लाख र डिप ट्युबवेल निर्माणमा रु १८ देखि २० लाख जमिनको अवस्था हेरेर जडान हुने गरेको कार्यालयबाट थाहा भएको छ ।

त्यस्तै भूमिगत सिँचाइ डिभिजन कार्यालय पर्साले पनि बारा र पर्सा जिल्लाका खेतीयोग्य जमिनमा स्यालो ट्युबवेल र डिप ट्युबवेलबाट सिँचाइ सुविधा पुर्‍याउँदै आएको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १० : ३० बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक