संसद् अवरुद्ध पार्नु लोकतान्त्रिक मान्यता विपरीत कार्यः प्रवक्ता श्रेष्ठ « Khabarhub

संसद् अवरुद्ध पार्नु लोकतान्त्रिक मान्यता विपरीत कार्यः प्रवक्ता श्रेष्ठ


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्णयविरुद्ध नेपाली काँग्रेसले संसद् नै अवरुद्ध गर्नु लोकतान्त्रिक मान्यताविपरीत काम भएको बताएका छन् ।

गोरखा सदरमुकाममाआयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अख्तियारले गर्ने निर्णयमा सरकारको कुनै हस्तक्षेप नहुने बताए ।

“अख्तियारले के निर्णय गर्छ भन्ने कुरा सरकारले बताउने कुरा होइन”, प्रवक्ता श्रेष्ठले भने, “सरकारले निर्देशन दिएर अख्तियार चल्दैन भन्ने कुरा काँग्रेसले बुझ्नुपर्छ ।” उनले ललिता निवास प्रकरणमा अख्तियारले गरेको निर्णयबिना कुनै पूर्वाग्रह गरेको होला भन्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।

प्रवक्ता श्रेष्ठले लोकतन्त्रका निम्ति तपस्या गर्ने र लोकतन्त्रका लागि संघर्ष गर्ने नेपाली काँग्रेस जस्तो पार्टीले अख्तियार संवैधानिक निकाय हो भन्ने जान्दाजान्दै नजाने जस्तो गरेको आरोप लगाए ।

“सरकारले अख्तियारको काम कारवाहीमाथि दबाब दिनु हुँदैन भन्ने राम्रोसँग बुझेको छ”, उनले भने, “ललिता निवास प्रकरणमा अख्तियारले गरेको निर्णय उसको स्वतन्त्र निर्णय हो ।”

सो प्रकरणमा अख्तियारले अझै थप निष्कर्ष निकाल्नु छ भने निकालोस् भन्ने पक्षमा आफ्नो पार्टी रहेको उनले बताए ।

प्रवक्ता श्रेष्ठले कुनै पनि संवैधानिक निकायमाथि सरकारले कुनै खालको हस्तक्षेप नगर्ने उल्लेख गरे । काँग्रेसले अख्तियारको विरुद्ध आन्दोलन नभई थप अनुसन्धानमूलक बनाउन सघाउनुपर्नेमा उनले जोड दिए ।

अर्को फरक प्रसङ्गमा उनले देशैभरी सञ्चालित अवैधानिक क्रसरहरु बन्द गर्ने तयारीमा सरकार रहेको बताए ।

“क्रसरहरुले पैदा गरेको समस्याका विषयमा सरकारले अध्ययन गरिरहेको छ”, उनले भने, “अहिले गृहमन्त्रीको संयोजकत्वमा सम्बन्धित मन्त्रालयको समेतको प्रतिनिधित्व रहेको छानबिन समिति गठन गरेर काम भइरहेको छ ।”

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ८ : ५६ बजे

अर्जुनधारा नगरपालिकाले बनायो ६२ स्थानीय कानुन

भद्रपुर– अर्जुनधारा नगरपालिकाले सेवा प्रवाह र कार्यसम्पादनलाई व्यवस्थित गर्न पहिलो

टेक्ससका नेपालीबाट भोटेकोशी बाढीपीडितलाई दुई करोड १५ लाख सहयोग

टेक्सस– टेक्ससमा रहेका नेपाली समुदायले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत

भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा

वीरगन्ज– भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको

‘संविधान पूर्ण कार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

नयाँदिल्ली- भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय