एशिया हेर्ने एमसीसीका सहायक उपाध्यक्ष ब्रुक्स काठमाडौंमा « Khabarhub

एशिया हेर्ने एमसीसीका सहायक उपाध्यक्ष ब्रुक्स काठमाडौंमा


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को युरोप, एशिया, प्रशान्त र ल्याटिन अमेरिकाका लागि सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स चार दिने भ्रमणका क्रममा शुक्रबार काठमाडौं आएका छन् ।

अमेरिकी अनुदान सहयोगअन्तर्गत मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको सम्झौताका विषयमा नियमित परामर्शका लागि सहायक उपाध्यक्ष ब्रुक्स काठमाडौं आएका हुन् ।

काठमाडौंमा रहँदा उनले एमसीसी र मिलेनियम च्यालेञ्ज अकाउण्ट नेपाल (एमसीए नेपाल) पदाधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङसहित सरकारी अधिकारीसँग भेटवार्ता गर्नेछन् ।

सन् २००४ मा स्थापित अमेरिकी सरकारको स्वतन्त्र निकाय एमसीसीले कठिन मापदण्ड पूरा गर्ने देशहरुलाई आर्थिक वृद्धिमार्फत् गरिबी न्यूनीकरण गर्नका लागि अनुदान दिँदै आएको छ ।

नेपाल र अमेरिकाबीच २०७४ भदौ महिनामा ५० करोड अमेरिकी डलरको अनुदान सहमतिमा हस्ताक्षार भएको थियो ।

एमसीसी परियोजना विशुद्ध रूपमा आर्थिक विकासमा केन्द्रित रहेको छ । विद्युत्‌को लाइन निर्माण र सडकको स्तरोन्नतिमार्फत आर्थिक विकासलाई सघाउने परियोजनाको लक्ष्य हो ।

अमेरिकी कानुनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ । नेपालले सहमति भइसकेका परियोजनाहरूमा उक्त रकम पारदर्शी रूपमा खर्च गर्नुपर्ने प्राबधान छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ९ : ३२ बजे

सुनचाँदीको मूल्य पनि घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन

 लुम्बिनीमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी– लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण क्रमशः

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ– प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा पनि

डिजिटल कार्ड कार्यान्वयन गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवन– जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गर्दै विभिन्न