उपत्यकासहित देशभरको मौसममा बदली, आज हल्का वर्षाको सम्भावना « Khabarhub

उपत्यकासहित देशभरको मौसममा बदली, आज हल्का वर्षाको सम्भावना


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा मौसम सामान्य बदली भएको छ ।

हाल नेपालको पश्चिमी भूभागमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल देशको पश्चिमी पहाडी भूभागमा सामान्य बदली भएको छ । अन्य पहाडी भूभागका स्थानमा आंशिक बदली रहेको छ। तराईका भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

शनिबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। देशको पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशका पूर्व र मध्य पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्य बदलीसहित एक–दुई स्थानहरुमा हल्का वर्षा हुनुका साथै बाँकी भूभागको मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

महाशाखाले जारी गरेको मौसमको पूर्वानुमान यस्तो छ :

माघ २५ गते (शनिबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य पहाडि भु-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति : देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली देखि सामान्य बदली सहित थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै बाकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

माघ २६ गते (आईतबार)

दिउँसोः देशका पूर्वी भू-भाग र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।

राति : देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली रहि बाकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ८ : १४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै