चार लाख घूससहित अख्तियारमा कार्यरत प्रहरी हवल्दार घिमिरे पक्राउ « Khabarhub

चार लाख घूससहित अख्तियारमा कार्यरत प्रहरी हवल्दार घिमिरे पक्राउ


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्यालय टंगालमा कार्यरत प्रहरी हवल्दार बावुराम घिमिरे घुससहित पक्राउ परेका छन् ।

चार लाख २० हजार रुपैयाँ घुससहित हवल्दार घिमिरे र राजकुमार सुलाकारलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका निर्देशक (डीआईजी) निरज शाहीले जानकारी दिए ।

उनले सीआईबीमा कार्यरत प्रहरी रहेको बताउँदै सिआईबीले पक्राउ गर्नुपर्ने मान्छेहरुको सूचीमा तपाईंको रहेको भन्दै एक सुन व्यापारीसँग घूस लिएको पाएपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ सूचीबाट नाम हटाइदिने भन्दै उनले सुन व्यापारीसँग २५ लाख रुपैयाँमा डिल गरेको डीआईजी शाहीले बताए । उनीहरुलाई सिआईबीले काठमाडौं जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

घिमिरे अख्तियारको कम्यूटर शाखामा कार्यरत थिए । सिआईबीको पक्राउ गर्नुपर्ने सूचीमा नाम नभए पनि उनले त्रास देखाएर घुस लिएका थिए ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ९ : ३० बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित

जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति