आईसीसी विश्वकप लिग २ मा नेपालको डेब्यू जीत « Khabarhub

आईसीसी विश्वकप लिग २ मा नेपालको डेब्यू जीत



काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग २ अन्तरगत त्रिकोणात्मक शृङ्खलामा पहिलो जीत हात पारेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले जित हात पारेको हो । नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै अंक तालिकामा खाता खोलेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४ औं ओभरमा सबै विकेट गुमाएर १५५ रनमा समेटिएपछि नेपालले पहिलो जीत हात पारेको हो ।

नेपालले दिएको लक्ष्य सानो भएपनि अमेरिकाले ब्याटिङमा राम्रो शुरुवात गर्न सकेन । यद्यपी अमेरिकाका लागि इआन होल्यान्डले अर्धशतकीय पारी खेले । उनले १ सय ११ बलको सामना गर्दै ७ चौकाको मद्दतमा ७५ रन बनाए ।

नेपालमा जारी शृङ्खलामा व्यक्तिगततर्फ एकै इनिङमा सबैभन्दा धेरै ७५ रन बनाउने उनी एक्ला खेलाडी बनेका छन् । तर, पनि उनले अमेरिकालाई जिताउन भने सकेनन् ।

यस्तै, अमेरिकाका लागि क्यामेरोन स्टेभेन्सनले १९ रन बनाउँदा करिम गोरेले १० रन बनाएका थिए ।
नेपालको जीतमा कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकाविरुद्ध बनाएको बलिङ रणनीति सफल भएको छ । कप्तान मल्लले पाहुना टोलीविरुद्ध बलिङ ओपनिङमा करण केसी र सन्दीप लामिछानेको जोडिलाई पठाएका थिए ।

उनको उक्त रणनीति सफल हुँदा दोस्रो ओभरमा बलिङमा आएका सन्दीप अमेरिकाका आरोन जोन्सलाई पवेलियन फर्काउँदै नेपालका लागि पहिलो विकेट लिएका थिए भने तेस्रो ओभरमा करण केसीले २ विकेट लिँदा अमेरिका धरापमा परेको थियो ।

करणले जेभिएर मार्सल र स्टेभन टेलको विकेट लिएका थिए । चौथो ओभरमा बलिङमा आएका सन्दीपले मोनाङ्क पटेललाई ४ रनमा पवेलियन फर्काइ दिए ।

१३ रनमा ४ विकेट गुमाएको अमेरिकामाथि पछि सुशन भारी र कुशल मल्ल पनि हावी भए । जसमा सुशनले अक्ष होमराजलाई ५ रन र करिमा गोरेलाई १० रनमा आउट गर्दा कुशलले एल्मोर हचिङ्सनको विकेट लिएका थिए ।

१सय९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २६ ओभरमा ७ विकेट गुमाएर ७५ रन बनाएको थियो । तर, इआन होल्यान्ड जमेर खेल्दा उनले अमेरिकालाई जीत नजिक पुर्याएका थिए । तर, ४१ औं ओभरमा ८ विकेट गुमाएको अमेरिका १सय४४ रनमा हुँदा करण केसीले ७५ रनमा खेलिरहेका होल्यान्डलाई विकेट किपर ब्याट्सम्यान विनोद भणडरीमार्फत क्याच आउट गराएका थिए ।

योसँगै अमेरिकाविरुद्ध करणले ७ ओभर बलिङ गर्दै १५ रन खर्चेर ४ विकेट लिए । यता सुशन भारीले ३ विकेट लिँदा सन्दीप लामिछानेले २ र कुशल मल्लले १ विकेट लिएका थिए ।

फर्म्याट अनुसार लक्ष्य ठूलो नभएपनि अमेरिकाको ब्याटिङ अर्डर सस्तैमा आउट हुँदा नेपालले ३५ रनको जित हात पारेको हो ।
अमेरिकाविरद्ध ४ विकेट लिएका करण केसी त्रिकोणात्मक शृङ्खलामा विकेट संख्या ८ पुगेको छ भने ३ विकेट लिएका भारीको विकेट संख्या ६ पुगेको छ ।

यसअघि पहिलो ब्याटिङ गरेको नेपालले ४९.२ ओभर खेल्दै सबै विकेट गुमाएर १सय९० रन बनाएको हो ।

नेपालका लागि विनोद भण्डारी र कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए ।

जसमा कुशल र विनोद नेपालका लागि अर्धशतक पुरा गर्ने क्रमश : सातौं र आठौं खेलाडी बने ।

कमजोर ब्याटिङ शुरुवात गरेको नेपाल ४९ रनमा ५ विकेट गुमाइसकेको थियो । तर, नेपालका लागि एकदिवसिय क्रिकेटमा डेब्यु अवसर पाएका कुसल मल्ल र विनोद भण्डारीको जोडिले उत्कृष्ट ब्याटिङ साझेदारी गरे । भण्डारी र कुशलबीच ८४ रनको साझेदारी पारी खेलेका थिए ।

जसमा भण्डारीले ७९ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५९ रन बनाएका थिए । एकदिवसिय क्रिकेटमा उनको अहिलेसम्मकै धेरै रन अमेरिकाविरुद्ध बनाएको ५९ रन नै हो ।

नेपालका लागि एकदिवसिय क्रिकेटमा राष्ट्रिय टोलीबाट डेब्यु गरेरका कुशलले किर्तिमानी अर्धशतकसहित ५१ रन बनाए । उनले ४ चौका र ३ छक्काको मद्दतमा ५१ रन बनाउँदै एकदिवसिय क्रिकेटमा कम उमेरमा अर्धशतक पुरा गर्ने खेलाडी बने । उनले १५ बर्ष ३सय४० दिनमा अर्धशतक बनाएका थिए ।

यस्तै, कप्तान ज्ञानेन्द्र्र मल्लले २१, पारस खड्काले १९, करण केसीले १२ रन, सुशन भारी ७ रन बनाएका थिए ।

नेपालविरुद्ध अमेरिकाका क्यामेरन स्टेभेन्सनले तीन विकेट लिँदै नेपाली ब्याटिङ कमजोर बनाए भने सौरभ नेत्रभाल्कर र र रस्टी थेरनले समान दुई–दुई विकेट लिए । करिमा गोरे र एल्मोर हचिन्सन र इआन होल्यान्डले समान एक–एक विकेट लिए ।

करण केसी म्यान अफ दी म्याच बनेका छन् ।

जीत हात पारेको नेपाल २ अंकसहित अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । अब आइतबार नेपालले ओमानसँग शृङ्खलाको तेस्रो खेल खेल्दैछ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ५ : ०५ बजे

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको