अब वाग्मती सफाइ नयाँ प्रविधिले गरिने « Khabarhub

अब वाग्मती सफाइ नयाँ प्रविधिले गरिने


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ प्रविधिको उपयोग गरी पशुपति क्षेत्रको गुह्येश्वरीबाट तिलगङ्गासम्मको भागमा कञ्चन पानी बगाइने भएको छ ।

यसका लागि पशुपति क्षेत्र विकास कोषले बायो शौचालय प्रविधि ल्याएको छ । प्रविधिले कति काम गर्छ भनी सम्भाव्यता अध्ययन गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो । पशुपति क्षेत्रमा शुद्ध पानी बगाउने उद्देश्यले विसं २०५१ देखि नै अधिकार सम्पन्न वाग्मती समितिको स्थापना गरी काम गरे पनि आशातीत सफलता हासिल हुन सकेको छैन ।

कोषले अधिकार सम्पन्न वाग्मती समितिसँग समेत सहकार्य गरेर पशुपति क्षेत्रमा नयाँ प्रविधि उपयोग गर्न लागेको हो ।

नयाँ प्रविधिको उपयोग गरी यो क्षेत्रको वाग्मतीमा पानीको बहाव पनि बढाइनेछ । पशुपति क्षेत्रमा शौचालयको फोहर त्यहीँ सफाइ गरी पानीमात्र बाहिर निकाल्ने गरी प्रविधि जडान गर्न लागिएको हो । सम्भाव्यता अध्ययन समूहले कति क्षेत्रमा यो प्रविधिले काम गर्छ भनी प्रतिवेदन कोषलाई बुझाएपछि काम शुरु हुने कोषले जनाएको छ ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु गर्दाको पहिलो लक्ष्य पशुपतिसम्मको नदीलाई स्नानयोग्य बनाउने थियो । अभियानका क्रममा कहिले नदी सफा हुने र माथिल्लो भागमा ढल लगायत फोहर मिसाउँदा फेरि दुर्गन्धित भई माछा समेत बाँच्न नसक्ने भइरहेको छ ।

उपत्यकाबाट ३७ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज ३७ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् ।

वाग्मती सफाइ महाअभियानको ३०५ औँ हप्तामा पशुपति क्षेत्रस्थित राममन्दिर अघिको वाग्मती नदी किनारमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, सफाइ अभियानकर्मी लगायत ५५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २३ संस्थाको सक्रियता रहेको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिइन् ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ९ : २० बजे

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन

पश्चिम एशियामा तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

पेरिस- पश्चिम एशियामा जारी द्वन्द्वले सैन्य आक्रमण र कूटनीतिक प्रयासलाई