टिप्पर चालकसँग घुस लिने ट्राफिक प्रहरीका असई र जवान पक्राउ « Khabarhub

टिप्पर चालकसँग घुस लिने ट्राफिक प्रहरीका असई र जवान पक्राउ


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपेन्देहीको रामनगरस्थित ट्राफिक प्रहरी पोस्टमा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक (असई) ५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रहरी चौकी खिदिम अर्घाखाँचीमा दरबन्दी भइ ट्राफिक प्रहरी पोस्ट रामनगरमा कार्यरत असई सूर्यबहादुर अधिकारी छन् ।

अधिकारीले टिप्पर चालक तथा सञ्चालकहरुलाई डर त्रास देखाइ अवैध रुपमा रकम असुली गर्दै आएका थिए ।

टिप्पर चालक तथा सञ्चालकहरुले दिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यलयबाट खटिएको टोलीले असई अधिकारीलाई पक्राउ गरेको हो ।

अधिकारीलाई रुपेन्देहीको बुटवल उपमहानगरपालिका–८ स्थित ट्राफिक पोस्ट रामननगर परिसरबाट शुक्रबार पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले शुक्रबार नै रुपेन्देहीको खैरेनीस्थित अस्थायी ट्राफिक प्रहरी पोस्टमा कार्यरत ट्राफिक प्रहरी जवान छबिलाल पोखरेल घुस रकमसहित पक्राउ गरेको थियो ।

ट्राफिक प्रहरी जवान पोखरेलले पनि टिप्पर चालक तथा धनीहरुलाई धम्क्याएर अवैध रुपमा रकम असुली गर्ने गर्दथे ।

पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले प्रहरी जवान पोखरेललाई ३ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

टिप्पर चालकसँग लिएको घुससहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ११ : ०० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर