एकदिवसिय क्रिकेटमा दुई अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बने कप्तान मल्ल | Khabarhub Khabarhub

एकदिवसिय क्रिकेटमा दुई अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बने कप्तान मल्ल



काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तरगत ओमानविरुद्धको खेलमा अर्धशतक पूरा गरेका ज्ञानेन्द्र मल्लले एकदिवसिय क्रिकेटमा दोस्रो अर्धशतक बनाएका छन् ।

ओमानविरुद्धको खेलमा ७० बलको सामना गर्दै ६ चौका र एक छक्काको मद्दतमा ५३ रन बनाउँदै उनले अर्धशतक पूरा गरेका हुन् ।

नेपालले २०१८ मा एकदिवसिय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता पाएपछिको पहिलो एकदिवसिय शृङ्खला नेदरल्यान्ड्ससँग खेलेको थियो । उक्त खेल नै मल्लका लागि एकदिवसिय डेब्यु खेल थियो ।

अगस्ट १ र ३ मा नेपालले आफ्नो पहिलो एकदिवसिय खेल खेलेको थियो । उक्त पहिलो खेलमा नेपालका लागि ओपनर मल्लले नेपालका लागि पहिलो अर्धशतक बनाएका थिए ।

उनले उक्त खेलमा ५१ रन बनाएका थिए । जुन नेपालका लागि एकदिवसिय क्रिकेटमा पहिलो अर्धशतक समेत थियो । आइतबार किर्तिपुरमा जारी खेल नेपालको एकदिवसिय क्रिकेटको नवौं खेल हो ।

पहिलोदेखि नवौं खेल सम्म आइपुग्दा मल्लले दोहोरो अर्धशतक बनाएका छन् । नेपाली क्रिकेट टोलीमा एक दशक लामो समय खेलिरहेका उनी खेलाडी, उपकप्तान हुँदै अहिले टोलीको नेतृत्वमा छन् ।

मल्ल नेपाल डिभिजन ५ मा रहँदा देखि एकदिवसिय मान्यता पाउन सम्म नेपाली टोलीको नियमित सदस्य रहँदै आएका छन् ।

ज्ञानेन्द्र मल्ल उमेर समूहहुँदै सिनियर टोलीसम्म आइपुगेका खेलाडी हुन् । उनले यु–१५, यु–१७ र यू–१९ टोली हुँदै सिनियर टोलीमा स्थान पक्का गरेका हुन ।

मल्लले २००६ मा श्रीलंकामा भएको यु–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि त्यहीँ बर्ष नेपालले मलेसियासँग खेलेको ‘फोर डे’ क्रिकेटको टोलीमा अटाएका थिए । तर, मैदान उत्रिने अवसर उनले पाएनन् ।

मल्लको ‘थ्रि डे’ क्रिकेटको डेब्यु भने नामिबियामा २००६ मार्चमा भएको खेलबाट गरेका थिए । तर, ५० ओभरमा मल्लको डेब्यु २००६ मै मलेसियामा भएको एसीसी ट्रफीमा कुवेतविरुद्धको खेलबाट भएको थियो ।

उक्त डेब्यु खेलमा मल्लले अर्धशतकसहित ७९ रन बनाउँदा नेपालले कुवेतमाथि जित दर्ता गरेको थियो । कुवेतविरुद्धको उक्त खेलमा मल्लले परेश लोहनीसँग नेपाली टोलीको ओपनिङ सम्हालेका थिए ।

मल्ल कुवेतविरुद्धको खेलमा ‘म्यान अफ दि म्याच’ समेत घोषित भए ।

अहिले ओपनरका रुपमा मैदानमा देखिने मल्ल शुरुवाती दिनमा मध्यक्रम ब्याटिङ गर्थे । उनको मध्यक्रमबाट ओपनरमा ट्रान्सफर भने नेपालले २००६ को एसीसी ट्रफीमा मलेसिया जानु अघि पाकिस्तान भ्रमण गर्दा देखि हो ।

मल्लले टि२० आई २००९ मा हङकङविरुद्ध गरेका थिए भने एकदिवसियमा उनले अहिलेसम्मका सबै खेल खेलेका छन् ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ११ : २५ बजे

इलाम–२ को अपडेट : सुहाङको अग्रता कायमै

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि