प्रदेश सरकारले बाँडेको एम्बुलेन्समा दुर्लभ वन्यजन्तुको तस्करी « Khabarhub

प्रदेश सरकारले बाँडेको एम्बुलेन्समा दुर्लभ वन्यजन्तुको तस्करी


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोकुलेश्वर– सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको (सरकारी) एम्बुलेन्समा लोपोन्मुख बन्यजन्तुको तस्करी हुने गरेको भेटिएको छ ।

दार्चुला प्रहरीले सुदूरपश्चिम प्रदेश सरकारद्वारा वितरित प्रदेश ०१–००१–झ ३४६ नम्बरको एम्बुलेन्समा दुर्लभ वन्यजन्तु चित्तल तस्करी गर्दै गरेको अवस्थामा १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एम्बुलेन्सका चालक महेश बोहोरा छन् ।

सुदूरपश्चिम प्रदेश सरकारद्वारा वितरित उक्त एम्बुलेन्स हाल बैतडीको डिलासैनी गाउँपालिकाले सञ्चालन गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार चेकजाँचका क्रममा मृत अवस्थामा रहेको चित्तल भेटिएपछि इलाका प्रहरी कार्यालय गोकुलेश्वरले एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार उक्त एम्बुलेन्स कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुला फर्किएको थियो । महेन्द्रनगरबाट फर्किने क्रममा एम्बुलेन्सका चालक बोहोराले शुक्लाफाँटा वन्यजन्तु आरक्षअन्तर्गत नेपाली सेनाको अर्जुनी ब्यारेक नजिकबाट चित्तल मारेर एम्बुलेन्समा हालेर ल्याएका थिए ।

केही दिन अगाडि मात्रै मकवानपुर प्रहरीले एउटा सरकारी एम्बुलेन्समा चरेश तस्करी गर्ने ३ जनालाई पक्राउ गरेको थियो ।

मकवानपुर प्रहरीले स्वास्थ्य मन्त्रालयबाट अनुदानमा वितरण गरिएको बा २ झ १७४९ नम्बरको गाँजा तस्करी गर्ने ३ जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  २ : ३१ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको