के रुबिनालाई ‘क्याप्टेन’ फिल्मबाट अफर आएको थियो ? | Khabarhub Khabarhub

के रुबिनालाई ‘क्याप्टेन’ फिल्मबाट अफर आएको थियो ?


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ बक्स अफिसमा खासै सफल भएन । तर यही फिल्मबाट नायिका उपासना सिंह ठकुरीले चर्चा कमाइन् । अहिले उपासना पछिल्लो समय चर्चामा रहेकी नायिकाको सूचीमा अटाउँछिन् ।

यो फिल्म गतवर्ष प्रदर्शनमा आएको थियो । उपासनाले ‘क्याप्टेन’ पछि फिल्म ‘कबड्डी ३’ मा अभिनय गरेर चर्चा पनि कमाइन् ।

तर, रुबिनाको डेब्यु फिल्म बल्ल प्रदर्शनको क्रममा रहेको छ ।

यसैबीच फिल्म ‘लभ डायरिज’ का निर्देशक सौरभ चौधरीले फिल्म ‘क्याप्टेन’ मा ‘लभ डायरिज’ नायिका रुविना थापालाई अफर आएको बताए । उनले ‘क्याप्टेन’ का निर्देशक दिवाकर भट्टराईले फिल्ममा रुविनालाई अप्रोच गरेको बताए ।

‘रुविनालाई क्याप्टेन फिल्मबाट अफर आएको थियो, तर हाम्रो फिल्म रिलिज नुहँदै अरु फिल्ममा उहाँलाई डेब्यु नगराउने भनेर मैले नै हुन्न भनेँ,’ सौरभले सुनाए ।

‘लभ डायरिज’ की नायिका रुविनाले भने फिल्मबाट अफर आएको बल्ल थाहा पाएको प्रतिक्रिया दिइन् । उनले ‘लभ डायरिज’ नै पहिलो डेब्यु फिल्म होस् भन्ने चाहेको पनि बताइन् ।

आइतवार (आज) पत्रकारसँगको भेटघाटमा रुविनाले भनिन्, ‘मैले त अफर आएको पनि बल्ल थाहा पाएँ,’ रुविनाले हाँस्दै सुनाइन् ।

लामो समय रिलिज हुन नसकेको फिल्म ‘लभ डायरिज’ अन्ततः आउँदो फागुन २ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्म गएको असोज ३ गतेदेखि प्रदर्शनमा आउने भनिएको थियो । पछि प्राविधिक कारण देखाउँदै फिल्मको रिलिज मिति सारिएको थियो ।

‘लभ डायरिज’ मा रुविनाका अलावा सुशील श्रेष्ठ र विश्वजीत रिमालको पनि शीर्ष भूमिका छ । प्रेमकथामा आधारित यो फिल्म प्रणय दिवसको अवसर पारेर आउँदो फागुन २ मा रिलिज हुँदैछ ।

मधु बास्तोलाको स्किृप्ट रहेको यो फिल्ममा विनोद सापकोटाको लगानी रहेको छ । फिल्मको छायांकन सञ्जय लामाले गरेका हुन् ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ३ : ३४ बजे

राष्ट्रपति पौडेलबाट श्रम अधिकार सुनिश्चितताको कामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिएका

तनहुँको १६२ हेक्टर वन क्षेत्रमा डढेलो 

तनहुँ– तनहुँमा गत चैतयता १६२ हेक्टर वन क्षेत्रमा डढेलो लागेको

च्याम्पियन्स लिग : यमाल छाएको खेलमा बार्सिलोना र मिलान बराबरीमा रोकिए

काठमाडौं – दुई गोलले पछि परेको बार्सिलोना खेलमा फर्कँदै इन्टर

हक कार्यान्वयन भए मात्रै श्रमिक दिवस मनाउनुको सार्थकता : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक दिवसले राज्य र रोजगारदातालाई

श्रम सुनिश्चित गर्न सबै पक्षबीच सहकार्य  आवश्यक : सभामुख

काठमाडौं– सभामुख देवराज घिमिरेले सामाजिक सुरक्षाको सुनिश्चितता, श्रमिकहरूको सीप विकास,