६० प्रतिशत सम्पदा पुनर्निर्माणमा २ अर्ब खर्च « Khabarhub

६० प्रतिशत सम्पदा पुनर्निर्माणमा २ अर्ब खर्च


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पुरातात्विक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणमा २ अर्ब ३९ करोड ६१ लाख खर्च भएको छ ।

भूकम्प गएको साढे चार वर्षमा ४ सय सम्पदाको निर्माण सम्पन्न भइसकेको छ । यो वर्ष थप १ सय ५० सम्पदाको पुनर्निर्माण हुने पुरातत्व विभागले जनाएको छ ।

विभागकाअनुसार सांस्कृतिक सम्पदाको पुनर्निर्माण तथा संरक्षण गर्न ३ अर्ब ६३ करोड ६० हजार रुपैयाँ आवश्यक रहेको छ ।

वि.स. २०७२ को विनाशकारी भूकम्पबाट उपत्यकाका विश्व सम्पदा स्थललगायत भूकम्पबाट प्रभावित ३१ जिल्लाका कुल ९ सय २० सम्पदाहरु पुनर्निर्माण गर्न सो रकम आवश्यक रहेको हो ।

पुरातत्व विभागबाट निर्माण गरिने करिब ७ सय ३७ सम्पदाहरुको पुनः निर्माणका लागि ९ अर्ब १८ करोड ८७ लाख ७१ हजार रुपैयाँ आवश्यक रहेको थियो ।

चालु आर्थिक वर्षको बजेटमा नेपाल सरकारबाट ९६ करोड ७९ लाख, भारतीय अनुदान १ अर्ब ८३ करोड ९५ लाख, भारतीय एक्जिम बैंक १ अर्ब ९१ करोड २३ लाख र जापान सरकारबाट १३ करोड रुपैयाँ सहयोग भएको विभागले जनाएको छ ।

चालु आर्थिक वर्षमा नेपाल सरकारको तर्फकाट सम्पदा पुनः निर्माणका लागि ९६ करोड ७९ लाख रुपैयाँ खर्च भएको बताएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा क्षति भएका सम्पदाहरुमा काठमाडौंमा क्षति भएका ३ सय १९ मध्ये ९९ सम्पदा सम्पन्न भइसकेका छन् भने १ सय ६८ चालु र ६० पुनः निर्माण गर्न बाँकी रहेका छन् ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ३ : ५८ बजे

निलम्बित सहसचिव झलकरामसँग विशेषले माग्यो २५ लाख धरौटी

काठमाडौं – विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको आरोप लागेका सहसचिव

निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइयो चैती छठ 

काठमाडौं– अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मंगलबार चैती छठ पर्व मनाइएको

उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको सामूहिक भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती

रविको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध