सरकारले नागरिकमाथि पक्षपात गर्‍यो : नेता पौडेल « Khabarhub

सरकारले नागरिकमाथि पक्षपात गर्‍यो : नेता पौडेल


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताएका छन् ।

चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकार नागरिक सबै बराबर हुन भन्ने उद्देश्यले अघि बढ्नुपर्नेमा पक्षपाती भएको टिप्पणी गरे ।

नेता पौडेलले प्रदेश सरकारले गरेको निर्णय माथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गर्न नपाउने गरी गलत मनसायबाट विधेयक ल्याउन लागेको बताए ।

यसले लोकतन्त्रलाई कमजोर बनाउने उनको भनाइ थियो । नेता पौडेलले भने, “लोकतन्त्रको सट्टा धनतन्त्रतर्फ देशलाई लान खोजियो ।”

फरक प्रसङ्गमा उनले पार्टीभित्र वैचारिक द्वन्द्व भए पनि अहिले केही हदसम्म समाधान भएको बताए ।

आफू पार्टीभित्र विकृतिको अन्त्य गर्नुपर्छ भन्ने पक्षमा रहेको उनको भनाइ थियो । उनले भने, “पार्टीभित्र धेरै ठाउँमा विकृति विसङ्गति रहेको छ । त्यसको अन्त्य हुनुपर्छ ।” राजनीतिलाई सम्मानको क्षेत्र बनाउनुपर्ने भन्दै उनले सुशासन, पारदर्शीता र विकृतिरहित बनाउन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ४ : ४२ बजे

किन स्थगित भयो एमालेको मतदान?

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशन जारी छ। महाधिवेशनअन्तर्गत आज मतदान

जेन-जी फन्टकी कर्णाली संयोजकको चेतावनी : भ्रष्ट कर्मचारीतन्त्र उखेलिन सुरु भयो, नतिजा चाहिन्छ

काठमाडौँ– जेन–जी फन्टकी कर्णाली प्रदेश संयोजक विनिता बोगटीले आफूहरू नडराएको

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह