शुभकामना फिल्म हल अब डिजिटल प्रविधिमा « Khabarhub

शुभकामना फिल्म हल अब डिजिटल प्रविधिमा


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रविधिको विकास र विस्तारसँगै सिने क्षेत्रमा पनि थुप्रै खालका नयाँ प्रविधिहरू भित्रिएका छन् । हलिउड, बलिउड मात्रै नभएर नेपाली चलचित्रमा पनि डिजिटल प्रविधिले स्थान लिइसकेको छ ।

चलचित्र निर्माणमा देखिएको फेरबदलले प्रदर्शनमा पनि फेरबदल गर्नुपर्ने आवश्यकता भएको छ । त्यसैकारण चलचित्र घरहरू आफूलाई ‘अपग्रेड’ गर्न लागि परेका छन् ।

तीव्र प्रतिस्पर्धा, बजारको माग र दर्शकको चाहानालाई ख्याल गर्दै काभ्रेको बनेपामा रहेको शुभकामना सिनेमा हलले पनि आफूलाई अपग्रेड गर्दै पूर्ण डिजिटल प्रविधिमा सञ्चालन भएको छ ।

निर्माणको लागि करिब ४५ दिन बन्द रहेको सिनेमा हल शुक्रबार, २४ माघदेखि अत्याधुनिक डल्बी डिजिटल साउण्ड, फूल एसी, आरामदायी सिटसहित सञ्चालनमा आएको छ ।

२४ माघदेखि बिहान ८ः३० र ११ः ३० बजे साङ्लो, दिउँसो २ः३० बजे सेल्फी किङ रसाँझ ६ बजे हिन्दी चलचित्र मलङ्ग प्रदर्शन भइरहेका छन् । पुनः सञ्चालनमा आएको अवसरमा सिनेमा हलले विशेष छूटको व्यवस्था गरेको छ । केही समयको लागि टिकटदर १५० रूपैयाँ तोकिएको छ । त्यस्तै बुधबार, बिहीबार तथा हरेक बिहानी सो मा १०० रूपैयाँ मात्र टिकटदर रहेको छ ।

डिजिटल प्रविधिमा गएसँगै शुभकामना हाइ भिजन हलबाट नाम परिवर्तन गरी शुभकामना सिनेमा हल राखिएको छ । गोदाम चोक बनेपामा रहेको हल २०४ सिट क्षमताको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ५ : ३१ बजे

सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

काठमाडौं–  सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२-८३ मा सातवटा मुद्दा

२६ दिनमा सोनम वाङ्चुकले तोडे अनसन

काठमाडौँ – भारतमा प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणलाई लिएर विगत

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ)र अवैधानिक वित्तीय कारोबार

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

काठमाडौं– नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर

भारतको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’

काठमाडौँ – नेपाली चलचित्रका चर्चित अभिनेता नाजिर हुसेनले दिल्लीस्थित इन्दिरा