चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउन मानव अधिकार आयोगको आग्रह « Khabarhub

चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउन मानव अधिकार आयोगको आग्रह


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले मित्रराष्ट्र चीनको हुवेई प्रान्तमा रहेका नेपालीको जीवन जोखिममा पर्नसक्ने भएकाले स्वदेश फर्काउन सरकारसँग आग्रह गरेको छ ।

आयोगमा आज बसेको आकस्मिक बैठकले उक्त प्रान्तमा भएका नेपालीको संवेदनशीलतालाई बुझी सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन सरकारसँग आग्रह गरेको हो ।

बैठकले सरकारलाई आफ्ना नागरिकहरूलाई शीघ्र सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार उक्त प्रान्तका सबै नेपालीको स्वास्थ्य अवस्थाको जानकारी र स्वदेश फिर्ता गर्ने सम्बन्धमा सरकारका सम्बन्धित मन्त्रालयले गरेको काम कारवाहीका सन्दर्भमा आवश्यक जानकारी लिन परराष्ट्र, शिक्षा र स्वास्थ्यमन्त्रालयका सचिवहरूलाई आयोगमा बोलाउने निर्णय गरेको छ ।

चीनमा रहेका नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिक नोबेल कोरोना भाइरसका कारण आफू बसेको निवासबाट बाहिर निस्कन सक्ने अवस्था नभएको, लामो समयसम्म निवासमा बन्दीजस्तै जीवन बिताउँदा खाद्य सामग्रीको समेत अभाव भएको, जति लामो समय चीनमा रह्यो त्यति नै उनीहरू सङ्क्रमणको जोखिममा रहेको बताइएको छ ।

दुई हप्तादेखि चीनको सो प्रान्तमा रहेका करिब १८५ जना नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिकमा नोबेल कोरोना भाइरसको सङ्क्रमण हुने सन्त्रास भइरहेको र उनीहरूको शीघ्रजीवन रक्षा गरिदिन माग गर्दै अविभावकहरूले आयोगसमक्ष पेश गरिएको ज्ञापन–पत्र एवं नेपाली नागरिकको जीवन रक्षाका सम्बन्धमा आयोगले सो निर्णय गरेको हो ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ६ : ३७ बजे

न्युजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड र पोर्चुगल

विद्यार्थी आन्दोलनबीच भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

नयाँदिल्ली– भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले विद्यार्थी आन्दोलनबीच पदबाट राजीनामा दिएका

मधेस सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला

जनकपुरधाम– मधेस प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोगले आर्थिक वर्ष २०८२-८३

राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्ती

काठमाडौं– राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्तीका अवसरमा श्रद्धाञ्जली

झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो

भद्रपुर– जिल्लामा पछिल्लो समय डेङ्गु सङ्क्रमणको दर घट्दै गएको छ