‘मिटर ब्याजी’ आरोपी रामबाबुको बयान शुरु  « Khabarhub

‘मिटर ब्याजी’ आरोपी रामबाबुको बयान शुरु 


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- प्रहरी हिरासतमा रहेका ‘मिटरब्याजी’ आरोपी बरहथवाका रामबाबु राय यादवसँग जिल्ला अदालत सर्लाहीले बयान लिन शुरु गरेको छ ।

गत शुक्रबार ठगी तथा आपराधिक विश्वासघात सम्बन्धीको कसुरमा अभियोग पत्र दर्ता भएपछि यादवसँग अदालतले आजबाट बयान लिन थालेको हो ।

आइतबार पहिलो दिन बयान नसकिएपछि यादवलाई पुनः जिल्ला प्रहरी कार्यालय मलंगवाकै हिरासतमा पठाइएको छ ।

ऋण दिँदा कपाली तमसुक बनाई चर्को ब्याज असुली गरेको तथा ऋणीले धितो राखेको जग्गा तेस्रो पक्षलाई बिक्री गरेको गुनासो आएपछि प्रहरीले गत पुस २३ गते यादवलाई पक्राउ गरेको थियो ।

न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासमा यादवको बयान लिन शुरु गरिएको अदालतका श्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिए । उनका अनुसार भोलि बयान सकेर भोलिबाटै थुकछेक बहस शुरु हुनेछ ।

न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासमा यादवको बयान लिन शुरु गरिएको श्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिए । सम्भवतः भोलि बयान सकेर भोलिबाटै थुकछेक बहस शुरु हुने उनले जानकारी दिए।

 

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ७ : २४ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर